वडाध्यक्ष शाहीको निधन

जाजरकोट ः कुशे गाँउपालिकाका ७ का ५८ बर्षिय वडाध्यक्ष रामबहादुर शाहीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको हो ।

चार दिन देखि पेट दुखेर थलिएका वडाध्यक्ष शाहीलाई उपचारका लागी जिल्ला सदरमुकाम ल्याउदै गर्दा बाटोमै ज्यान गएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । अल्सरले थलिएका वडाध्यक्ष शाहीको निधन प्रति कुशे गाँउपालिकाले गहिरो शोक प्रकट गरेको छ ।

शाहीको निधनले पार्टीको लागी अपुरणीय क्षति भएको भन्दै नेपाली काँग्रेसले समवेदना प्रकट गरेको छ । त्यस्तै काँग्रेस निकट भातृ संगठनहरुले पनि शाहीको निधन प्रति समवेदना प्रकट गरेका छन् ।





error: Content is protected !!