असहज परिस्थितिमा त्रसित होईन सतर्कता अपनाउ ?

दलबहादुर ओली
सोचकै कारण सकारात्मक पनि नकारात्मक हुन्छ, त्यही सोचका कारण नकारात्मक पनि सकारात्मक हुन सक्छ । त्यसैले आफू लाई बदल्न पहिले सोच बदलौँ, अर्थात् सकारात्मक सोच आरम्भ गरौँ ।
जेठ महिनाको समय छ । जेठमास भए पनि वातावरणको चिसोपन देख्दा लाग्छ जेठमास हैन पुष, माघ हो । धर्ती रोइरहेछ । विश्वमा छिटपुट बाहेक लकडाउन छ युवा पुस्ता कोरोना अपडेटका लागि फेसबुकमा दिन प्रतिदिन प्रतिस्पर्धा गरिरहेकाछन्
मेरो यो कलम कसरी चलाउ कहाँ बाट सुरु गरु ?
मानिसको जीवनमा आ आफ्नै भोगाई अनुभव कथा ब्याथ सुख दुःख चलिरहने प्रक्रिया नै हो म यक विद्यार्थी भएको नाताले पनि विभिन्न व्यति को जिवनी पढ्ने गर्थे ती जिबनी भित्र कसैको सुख अनि कसैको दुःख को बारेमा बडो मार्मिक ढ्ङ्गबाट लेखिएको जिबनी पढदा लाग्थियो जिन्दगी एक संघर्ष को मैदान रहेछ जहां एक पछि अर्को समस्या आईरहन्छ ती समस्या सँग जुध्दै ती समस्या को हल गर्दै अर्को समस्या तिर जाँदै फेरि त्यसको नी समाधान गर्दै अगाडी बढ्नू नै जिन्दगी रहेछ यो प्रकृया मान्छे जब जन्मिन्छ ऊ अलि ठूलो भयर यो समाज यो परिवेश बुझन सक्छ त्यही बाट सुरु भयर मृत्यु नहुञ्जेल चली रहन्छ त्यो बुझने समयमा सबैले आफ्नो भविष्य को बारेमा सोच्ने क्षमता राख्दछन् र त्यही बाट सुरु हुन्छ सबैको आ आफ्नो जिन्दगी को कथा ब्यथा सबैको मनमा रहर अनि उमङ्ग आउँछ अनि सुन्दर भविष्य को लागि खोजी सुरु हुन्छ सबैको आ आफ्नो चाहाना अनुसार इन्जिनियर , पाईलट, सेना ,प्रहरी ,लाहुरे, ,पत्रकार ,लेखक शिक्षक नेता अनि यस्तै कोई ठूलो सपना बोकेर विदेशी भूमि तिर गएर अध्ययन गर्ने त कोई धन पैसा कमाउने उदेश्यले विदेशी भूमि मा जानु पर्ने बाधेता यी यस्तै सबैको रहर बाध्यता बीच को जीवन चलिरहेकै हुन्छ ।
कोसैको रहर हरु पूरा हुन्छ त कसैको हुदैँन अझै भन्नु पर्दा प्राय धेरै जसो को निश्चित लक्ष्य पूरा नभएको अवस्थामा अर्कै वाटो मोडानु पर्ने अवस्था आएको देखिन्छ सुनिन्छ कोई कोई वाटो परिवर्तन गरेर पनि राम्रो गरेको देखिन्छ त कसैको दुःख झन कष्ट बनेको देखिन्छ ।यो बदलिँदो परिवेश जीवनशैली समय अनुसार हिँडनु पर्छ रे मानिस त्यही समय सँगै हिँडदा त्यो लाखौं मानिस को भीड म पनि यक सहज र सरल जिन्दगी खोजने दौडानमा थिए ।मेरो जिन्दगी अनि मेरो मन मस्तष्कमा आउने कुरा भनेको एउटा मात्रै थियो बिदेस होईन मेरो देशमै केही जोहो गरेर आफ्नो परिवार गाउँ अनि यही माटो मा रमाउने उदेश्य बोकेको म ।
मेरो विद्यार्थी
जीवनको कैयौं उताब चढाव संग लडदै पढिरहेको थिएँ । करिब २ ,३ वर्ष को काठमाडौं बासाईको बिट मार्ने बेला भएछ। म पनि यक सानो तिनो जागीर पेसा तिर आवद्ध हुन पुगे ।त्यो जागीर काठमाडौं बाट करिब ४०० किलोमीटर टाढा पश्चिम गुल्मी तिर रहेको थियो । नेपाल मै केही गर्छु भन्ने आशा बोकेको म।जागीर को १ महिना बाटै सुरु भएको कोरोना को महामारी । एका तिर नया जागीरको को खुशी भने अर्को तिर एक ठूलो विपत आईलागेको छ महामारीले दिन प्रति दिन फैलिदै गरेको अवस्था मा कोरोना बाट मर्ने मानिसको संख्या उच्च हुँदै छ ।दिन दिनै पत्र पत्रिका रेडियो टिभि फेसबुक युटुब गूगल जताततै कोरोना को समाचार छ ।
जनजीवन सामान्य छैन पुरै प्रभावित हुँदै गएको छ । सरकारबाट कतै सिल त कतै लकडाउन को आदेश जारी भएको छ हाम्रो जस्तो साक्षरता र शिक्षाको स्तर भएको मुलुकमा जनस्वास्थ्य सम्बन्धी ज्ञानको कमी पनि छ । यो कोरोना भाइरस भनेको के हो, खै त कतै देखिँदैन त ? भन्नेहरू को जमात पनि धेरै छ ।जनता यो भाइरसबाट बच्न सामाजिक दुरीमा बस्नु पर्छ भन्ने कुरालाई सचेत नहुने अवस्था छ । अर्को तर्फ सबैको हात हातमा स्मार्ट फोन सेट भए पनि सूचना प्रविधिको अनुसरण र प्रयोग गर्ने अभ्यास पनि छैन । ज्ञानको कमी रहेको कारण सूचना प्रविधिमा आधारित सेवा सञ्चालनमा सेवाग्राही अरू कै भर पर्नु पर्ने अवस्थाले पनि सुधारका लागि चुनौती बनेको छ ।
यसको उपचार भन्दा पनि रोकथामका उपायहरू प्रभावकारीरुपमा अवलम्बन गर्नुको विकल्प छैन । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरूबारे व्यापक जनचेतनाको खाँचो देखिन्छ । मनिसले आफ्नो बानी ब्यहोरा र आहार विहार स्वास्थ्यकर बनाएमा कोरोना भाइरस सङ्क्रमणबाट बच्न सकिने स्वास्थ्य कर्मीको सुझावलाई आत्मसात् गर्ने तर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ । कोरोना हाहाकार बारे अतिरञ्जित प्रचार प्रसारले सर्वत्र त्रसित छूाएको छ । अनुशासित स्वास्थ्यकर बानीव्यहोरा र दृढ आत्मबल तथा सकारात्मक शोकबाट कोरोनालाई परास्त गर्न सकिने अनुभव सिद्ध तथ्य हो।
कोरोना सङ्क्रमणको ग्राफ दिनानुदिन ज्यामितीय हिसाबले उकालो लागेको छ । अहिले कोरोनाको सङ्क्रमण विश्वका धनी र साधनस्रोत सम्पन्न देशहरूमा फैलिएको छ । विपन्न र विकासोन्मुख देशमा अहिले सम्म खासै असर नदेखिनुमा रोगको परीक्षण सुविधा र प्रक्रियामा प्रभावकारिता नहुनु वा यात्रु प्रवाहमा कमी भएको हुन सक्छ । तर यस्ता देशहरूमा भाइरस प्रवेश गरेमा निश्चय नै महामारीकोरुप नलेला भन्न सकिन्न । आर्थिक र प्राविधिकरुपले अत्यन्त सबल राष्ट्र चीनलाई समेत कोरोना भाइरसको सामना गर्न हम्मे हम्मे परेको जगजाहेर नै छ । तर अहिले कोरोना सङ्क्रमणलाई नियन्त्रण गरेर विश्वलाई तत्कालको लागि उपचारको औषधी नभए पनि रोकथाम गर्न सकिन्छ भन्ने पाठ चीनले सिकाएको छ ।पछिल्ला समयमा बेलैमा सावधानी अपनाएर दक्षिण कोरिया, जापान, सिंगापुर आदि देशले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न सक्षम भएका छन् । तर इटाली, स्पेन, अमेरिका, इरान, ब्रिटेनले हेलचक्र्याइ गर्नाले अहिले दिन प्रति दिन ठुलो मानव क्षतिको मूल्य चुकाउँदै छन् ।
आफूलाई विश्वको शक्तिशाली भन्ने देशका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हेपेर कोरोना भाइरसलाई चाइनिज भाइरसको संज्ञा दिएर ठुलो विवादमा आएका थिए । जसका कारण अमेरिकामा बसोबास गर्ने चीनियमूलका नागरिक माथि कतिपय ठाउँमा दूरव्यवहार समेत भएको थियो । तर, पछि लाचार भएर कोरोना विरुद्धको लडाइमा चीनसँगै सहकार्य गर्न ट्रम्प विवश भएका छन्। यस महामारी फैलाउने भाइरसले धनी, गरिब, ठुलो सानो, जातजाति, लिङ्ग, भौगोलिक विभिन्नता कुनै लाई पनि विभेद नगरी आक्रमण गरिराखेको छ ।कोरोनाको सङ्क्रमणबाट जोगिन र सामना गर्न प्रत्येक नागरिकले आआफ्नो तर्फबाट बेलैमा सजगता अपनाउनु पर्दछ ।
सरकारको मात्र भर र गाली गरेर पूर्वतयारीमा बेवास्ता गरेउँ भने हामी सबैको लागि गम्भीर आत्मघाती भूल नहोला भन्न सकिन्न । अहिले हामीले भोगिरहेको लकडाउन रहर हैन कहर हो । ज्यान जोगिए “सानसँग बसौँला” भनेर गरिएको अनुशासन पालना हो । यो राज्य वा कसैको लागि हामीले गरिदिएको त्याग होइन हामी आफ्नै हितका लागि हो मानव सभ्यताको संरक्षणका लागि हो ।कोरोना भाइरसको समस्या विश्वव्यापी भएकोले आत्तिएर मानसिक तनावमा बस्नु भन्दा पनि सतर्कता एवं सयंमतापूर्वक सामना गर्ने उच्च मनोवलकासाथ दिनचर्या बिताउनु बुद्धिमानी हुन्छ ।










