नेता सिंहको पहलमा २ सय २५ जनालाई राहत

कालीबहादुर नेपाली

जाजरकोट ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश कमिटीका सदस्य डम्बरबहादुर सिंहको पहलमा २ सय २५ जनालाई राहत वितरण गरिएको छ । विहीबार / शुक्रबार जिल्लाको बारेकोट गाउँपालिकामा रहेका २ सय २५ विपन्न परिवारलाई एक बोरा चामल र २ पोका नुन वितरण गरिएको हो ।

कारोना भाइरसका कारण विश्व नै ग्रसित भईरहेको वेला बारेकोटमा रहेका मजदुर परिवारमा निकै समस्या रहेकोले उनीहरुलाई भोक बाट बच्न खाद्यान्न वितरण गरिएको नेता सिंहले जानकारी दिए ।

कहाँ बाट आयो राहत ?
कर्णाली प्रदेश कमिटीका सदस्य सिंहले वितरण गरेको राहत पढाईको सिलसिलामा अष्टेङलियामा रहेका नेता सिंहका छोराहरुले आर्थीक सहयोग गरेको नेकपा बारेकोटका पार्टी सचिव भक्तबहादुर बस्नेतले जानकारी दिए । आफ्ना जन्मभुमीमा रहेका विपन्न परिवारलाई राहत वितरण गर्ने सोचले अष्टेलियामा रहेका गणेश सिंह, रमेश सिंह, विजय सापकोटा, प्रमेबहादुर सिंहले आर्थीक सहयोग गरेको बस्नेतले बताए ।

मुलुक लकडाउनका कारण मजदुर परिवारमा के खाने रु भन्ने समस्याले सताएको वेला यो निकै फलदायिक भएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले बताए । उनले भने, “बारेकोटमा कोही गरिव कोही धनी छैनन् ।, यहाँ सबै एकै नाशका नागरिकहरु छन् ।, त्यसैले स्थानीय सरकारले राहत वितरण नगरेका परिवारका लागि यो अमृत बराबर छ ।” बारेकोट गाउँपालिकाकाले राहत वितरणमा प्रतिपरिवार पाँच पाथीका दरले स्थानीय उत्पादनलाई वितरण गरेको बताउँदै, बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाहीले, यो अति राम्रो काम भएको बताइन् ।

उनले भनिन्र्, गाउँपालिका भित्रका विपन्न परिवारका लागि गाउँपालिकाकाले गरेको काममा अष्टेलियामा रहेका विद्यार्थीहरुले सहयोग गर्नु निकै राम्रो काम हो ।’ गाउँपालिकालाई सहयोग पुगेको उनको भनाई छ ।

अष्टेङलिया बाट गाउँका विपन्न परिवारको समस्या बुझ्न सक्ने ति यूवाहरुलाई सबैले धन्यवाद दिएका थिए । नेकपा बारेकोटले राहत वितरणमा प्रत्येक वडाका विपन्न परिवारलाई सहयोग सहयोग पुगेको जनाएको छ ।

२ सय १९ जनाको समान्य स्वास्थ्य परिक्षण
राहत वितरण कार्यक्रममा उपस्थित भएका नागरिकको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिको स्वास्थ्य शाखाका कर्मचारी डम्बरबहादुर कार्कीले जानकारी दिए ।

उपस्थित नागरिकको समान्य थर्मल थनबाट ज्वरो परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको स्वास्थ्य समान्य रहेको समेत जानकारी दिए ।





error: Content is protected !!