संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी

तस्वीर ः रत्न श्रेष्ठ रासस

सघीय संसद्को संयुक्त बैठक सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छिन् ।

राष्ट्रपति भण्डारीले देश कोरोना भाइरससँग गम्भीर परिस्थितीसँग जुधिरहेको उल्लेख गरेकी छिन् । साथै उनले सरकारले चालेको कदममा साथ दिएकोमा सर्वसाधारणलाई धन्यवाद दिइन् ।

राष्ट्रपति भण्डारीको सम्बोधन जारी रहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैत ०७६ देखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।

विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई बोलाइएको छैन ।

संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ ।

पिसिआर विधिबाट कोरोना परीक्षण नगराएका नौ सांसद उपस्थिति भएका छैनन् ।





error: Content is protected !!