यार्चागुम्वाले अर्थतन्त्रमा पारेको प्रभाव

डा. सुरज उपाध्याय

हिमाली भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोत को रुपमा रहेको यार्चागुम्वाले ( जीवनवुटी) जनताको जीवनस्तर उकास्न धेरै सहयोग गरेको छ । ( जीवन र वनस्पतीको जीवन) अव्यवस्थित यार्चागुम्वा संकलनले प्रकृतिमा नकरात्मक असर पारेपनि यसले स्थानीय जनता र राज्य दुवै लाई आर्थिक रुपमा सकरात्मक असर गरेको देखिन्छ ।

यार्चागुम्वा संसारकै सबै भन्दा महंगो जडिबुटि को रुपमा परिचित छ । यसको मुल्य नै परिचय दिनका लागि प्रयाप्त छ । विगतका वर्ष हरुमा अन्तराष्ट्रिय बजारमा यो प्रति किलो ४८ हजार अमेरिकन डलर अर्थात नेपाली करिब रु ५७ लाख प्रति केजी सम्ममा बेचविखन भएको रेकर्डहरु बाट देखिन्छ । यसको मुल्य सुन भन्दा पनि बढी भएकाले यसलाई अन्तराष्ट्रिय बजारमा वायोलोजिकल गोल्ड (द्यष्ययिनष्अब िन्यमि )भनेर पनि चिनिने गरिन्छ ।
सन् २००१ मा जब नेपाल सरकारले यार्चागुम्वामा लगाएको प्रतिबन्ध फुकुवा ग¥यो तब देखि यसको संकलन र व्यापार स्थानीय स्तर देखि देश विदेश सम्म फैलिदै आएको छ । अध्ययनले देखाए अनुसार नेपालका ११ जिल्ला डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, बजाङ्ग, धादिङ्ग, रुकुम, म्याग्दी अनि सिन्धुपाल्चोकमा यार्चागुम्वाको संकलन गरिन्छ ।

राष्ट्र वैँक २०१९ को तथ्यांक अनुसार विगत देखि हाल सम्म नेपालमा मात्र १ देखि ३.२ मेर्टिक टन यार्चागुम्वा संकलन भएको अनुमान छ । नेपालका यार्चागुम्वा पाउने ११ जिल्लाहरु मध्ये डोल्पा जिल्ला बाट मात्रै ५० प्रतिशत भन्दा बढिको यार्चागुम्वा संकलन र निर्यात हुने गरेको छ । यार्चागुम्वा संकलनकर्ता लाई ३ समुहमा बाडेर हेर्ने गरिन्छ । पहिलो समुहमा सामुदायिक वनका उपभोक्ता, अन्य सम्पुर्ण डोल्पा जिल्लाका नागरिक हरु समुह २ मा र जिल्ला बाहिरका लाई समुह ३ मा गरि बाड्ने गरिन्छ । राष्ट्रिय निकुञ्ज ले पनि क, ख, ग वर्ग मा संकलनकर्ताहरुलाई विभाजन गरेर राजश्व संकलन गर्ने गर्दछ । यसरी यार्चागुम्वा को आर्थिक पाटो लाई केलाएर हेर्ने हो भने यसको असर स्थानीय क्षेत्र देखी राष्ट्रिय तह सम्ममा यस्को प्रभाव देख्न सकिन्छ ।

विभिन्न अध्ययन र हिमालयन कन्जर्भेसन एण्ड रिसर्च ईन्ष्टिच्युटको आफ्नै अध्ययन ले देखाए अनुसार पाटनमै गएर यार्चागुम्वा टिप्ने संकलनकर्ता देखि लिएर विदेशमा निर्यात गर्ने व्यापारी सम्ममा यसको आर्थिक असर देखिने गरेको छ । प्राकृतिक बासस्थान बाट मात्र यार्चागुम्वा को संकलन गर्न सकिने, (व्यवसायिक खेतिपाति अहिले सम्म गर्न नसकिएको) जडिबुटि भएकोले यसको बजार प्रणाली स्थानीय संकलनकर्ता बाट सुरु हुन्छ । स्थानीय संकलककर्ता बाट विचौलियाले खरिद गरी ठुला व्यापारि लाई बेच्ने चलन नै प्रमुख रुपमा चलि आएको छ ।

स्थानीय संकलनकर्ताले आफ्नो श्रम लगानी गरि यार्चा टिपेर पाटनमै आएका विचौलियालाई चलन चल्तिको रेट (गाउँ तथा पाटन मा त्यो सिजनमा चलाएको रेट) मा बेच्दछन् भने त्यसमा केहि नाफा जोडेर विचौलियाले ठुला व्यापारीलाई बेच्ने गरेको देखिन्छ । यार्चागुम्वाको व्यापार सञ्जाल हेर्दा धेरै संकलनकर्ता र निर्यात गर्ने व्यापारी बीचमा धेरै विचौलिया हुनसक्छन् । टोल, वार्ड, गाउँ, क्षेत्र, जिल्ला हेर्ने किसिमका विचौलिया हुन्छन् भने अन्तिममा ति सबै विचौलियाबाट यार्चागुम्वाको प्रमुख अन्तराष्ट्रिय बजार जस्तै चिन, हंङकङ, सिंगापुर, थाईल्याण्डमा नेपालका ठूला व्यापारी मार्फत निर्यात गरी त्यहाँका व्यापारीको हातमा पुग्ने गर्दछ । सिमित संख्यामा संकलनकर्ता आफैले तिब्बतियन बजारमा गएर बेच्ने गरेको देखिन्छ ।

वर्षेनी यार्चागुम्वा संकलन गर्न का लागि ५० हजार भन्दा बढी संकलनकर्ताहरु डोल्पा जिल्लाका विभिन्न पाटनहरुमा जाने गरेको देखिन्छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार २०७५/०७६ मा मात्र १५ हजार संकलनकर्ता हरुले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्रका यार्चागुम्वा पाउने पाटनहरुमा गएर संकलन गरेको देखिन्छ ) । यसरी संकलन गर्न जाने एक संकलनकर्ताले एकदिनमा औसतमा १२ देखि १५ गोटा सम्मा यार्चागुम्वा टिप्ने देखिन्छ ।

यसरी टिपेको यार्चागुम्वा संकलनकर्र्ताले विचौलिया बाट अन्तराष्ट्रिय बजारमा चलेको दर को १० देखि २० प्रतिशत पाउने गरेका छन् । स्थानीय संकलनकर्ताबाट विचौलियाले खरिद गरेर निर्यात गर्ने व्यापारी सम्म पुग्दा यसको मूल्यले आकाश छोइसकेको हुन्छ । स्थानीय संकलनकर्ताले प्रति ग्राम २ देखि ३ हजार पाए पनि यो विश्वका प्रमुख बजार जस्तै चिन, सिँगापुर जस्ता देशका बजारमा पुग्दा यस्को मुल्य कैयौँ गुणा ले बढिसकेको हुन्छ ।

विगत केहि वर्ष देखि चाईनिज समुदायको बाहुल्ले रहेको अमेरिका, क्यानाडा र युरोपियन राष्ट्रका बजारहरुमा पनि यसको माग बढदो छ । गत वर्ष म आफै क्यानाडा को चाईनिज बजारमा घुम्न जादाँ त्यहाँ का पसल हरुमा यार्चाकुम्भु प्याकिंग गरेर बेच्न राखेको समेत पाएको थिए । त्यहाँ यसको मूल्य स्थानीय संकलनकर्ताले प्राप्त गर्ने भन्दा कैयौँ गुणा बढी थियो, जहाँ १८ ग्राम यार्चागुम्वाको क्यानेडियन डलर ९०० (नेपाली करिब ७८ हजार रुपैयाँ) मा बेच्न राखिएको थियो । यसरी हेर्दा ग्राम ग्राम मा व्यापार हुने यस यार्चागुम्वाको विश्व बजार बारे विभिन्न अध्ययन अनुसन्धानले देखाए अनुसार ५ अर्व देखि १२ अर्व अमेरिकन डलर बराबर रहेको अनुमान छ ।

धनी र खान्दानिले उपभोग गर्ने भएपनि यसको संकलन र व्यापारबाट हिमालि भेगका निम्न आयस्रोत भएका जनताका लागि यो वरदान सावित भएको छ । हिमाली भेगका जनता हरुको प्रमुख रुपमा आयस्रोतको रुपमा रहेको यार्चागुम्वाले घरको चुलो बाल्न सहयोग गर्ने भएर नै वर्षेनी सर्वसाधारण जनताहरु ज्यान को बाजी लगाएर भएपनि यसको संकलनमा जान्छन् । यस्ता हिमालि क्षेत्रका जनता हरुको आफ्नो भईरहेको व्यवसायलाई पनि उकास्नका लागि यार्चागुम्वाको कमाईले विशेष स्थान राखेको छ । तसर्थ आजको दिनमा पनि धेरै स्थानिय संकलनकर्ताहरु चुलोमा आगो बाल्ने देखि बच्चाको पढाई अनि उपचार देखि व्यवसाय धान्न सम्म यसकै भर पर्ने गरेका छन् ।  त्यसैले यसको हरेक सिजनमा घरमा ताला मारेर भएपनि स–परिवारै पाटन तिर लाग्छन् यार्चागुम्वाको खोजि संगै आर्थिक रुपमा सबल हुने सपनाको चाङ्ग बुन्दै ।

यार्चागुम्वाको संकलनकर्ता बाहेक, यार्चागुम्वा को सिजनमा पाटन क्षेत्रमा अहिले आएर खाद्यान्न तथा नास्ता पसलको पनि व्यापार व्यवसाय गर्ने चलन बढदो मात्रामा छ । भनिन्छ नि सुविधा उपभोग गर्न खर्च पनि गर्नु पर्छ भनेर त्यस्तै यस क्षेत्रमा चल्ने सामान्य नास्ता पसल मा पनि महंगोमा व्यावसाय चलिरहेको छ भने व्यवसाय गर्नेले पनि आफ्नो आर्थिक स्तर बढ्ने आशा राखेरै त्यहाँ सम्म सामान ढुवानि गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

चाउचाउ, बिस्कुट, तथा मदिरा को राम्रै व्यापार हुनेगरेको छ हरेक वर्ष यार्चागुम्वाको सिजनमा । यस्ले व्यावसाय गर्ने को आर्थिक स्थिति पक्कै राम्रो बनाउला, तर केहि संकलक जो यार्चाकुम्भुको संकलन भन्दा बढि खर्च गर्ने हुनाले जति दुख गरेर गएपनि फर्कदा रित्तै फर्केको पनि थुप्रै घटना आज पनि समाज मा व्याप्त छ ।

 

यार्चागुम्वा बाट आएको आम्दानि प्रमुखरुपमा बालबच्चाको शिक्षा अनि खानपिनमा खर्च गर्ने त्यस्तै औषधि उपचार, लुगा कपडा, अनि घर बनाउनमा खर्च गर्ने गरेको देखिएको छ । आम्दानी को थोरै प्रतिशत लगभग ३ देखि ५ प्रतिशत मात्र कृषि तथा पशुपँछी पालनमा लगानी गरेको देखिन्छ । यार्चागुम्वाको असर डोल्पाको शिक्षा क्षेत्रमा प्रस्ट देखिन सकिन्छ । यार्चागुम्वाको व्यापार बढे सँगै विगत ५ देखि ७ वर्ष पहिलेदेखि जिल्ला बाहिर गएर राम्रा विधालय हरुमा आफ्ना बालबच्चा पढाउने होड बाजि चल्दै आएको छ जस्को कारणले डोल्पामा राम्रो प्रभाव पार्ने देखिएको छ भविष्यमा ।

यार्चागुम्वाको संकलन र व्यापार ले स्थानीय ढुकुटीमा पनि प्रत्यक्ष योगदान गरेको छ ।  राष्ट्र बैँक को प्रतिवेदनका अनुसार वि.सं २०७०÷२०७१ म नेपालका ११ जिल्लाहरु मा रु ४ अर्व ९२ करोड को यार्चागुम्बा संकलन गरेको अनुमान छ । डोल्पा जिल्लामा रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मात्र २०७१/२०७२ मा २ करोड ८२ लाख राजश्व संकलन गरेको थियो भने त्यस्तै २०७५÷०७६ मा २ करोड ९२ लाख राजश्व संकलन गरेको देखिन्छ । डिभिजन वन कार्यालय डोल्पाले यार्चाकुम्भु बाट औसत वार्षिक २ करोड भन्दा बढि राजश्व सकलन गर्ने गरेको देखिन्छ ।

यसरि सकलन भएको राजश्व राष्ट्रिय कोषमा जम्मा हुन जान्छ र विभिन्न माध्यम बाट पछि त्यहि रकम जिल्लाका विकासका कार्यक्रमहरु म खर्च हुन आउछ । राष्ट्रिय निकुञ्ज मार्फत संकलन भएको राजशव मध्यवर्ति क्षेत्रको विकास का लागि मध्यवर्ति क्षेत्र व्यवस्थापन समुह मार्फत परिचालन भएको देखिन्छ ।

यार्चागुम्वा ले समाजको आर्थिक स्थिती उकास्न मा प्रमुख भुमिका खेलेको छ भने यस्ले नकरात्मक असर पनि बढाउदै गएको छ । छोटो समयमै प्रशस्त आम्दानि हुने भएका कारण आवश्यकता भन्दा विलासिताका सामान र मनोरञ्जनमा खर्च गर्ने प्रवृति बढेको छ । पढाई तथा अन्य काममा ध्यान दिनु पर्ने युवा हरु कुलतमा फसेको उदाहरण पनि देखिने गरेको छ र यार्चागुम्वाको आम्दानी धेरै भएका लाई अन्य आम्दानिका स्रोत हरु स्थानीय जनताका नजर मा पर्न सकिरहेको छैन । फलफुल, जैतुन (लोटो) वृक्षारोपण, केशर खेति जस्ता वातावरण सन्तुलित र दिगो आम्दानिका स्रोत हरु मा स्थानियवासि लागेको देखिदैन । याचाकुम्भु ले बर्तमान समयमा राम्रो आम्दानि दिएपनि यो दिगो होइन भनेर विभिन्न वैज्ञानिक अध्ययन ले देखाएको छ ।

जिल्ला को दिगो आर्थिक स्थिती लाई सन्तुलन गरि राख्नका लागि स्थानिय, प्रदेश र केन्द« सरकारले स्थानिय जनता र सरोकारवालाहरु सँग मिलेर अन्य आम्दानिका स्रोतहरुको उजागर गरि जनतालाई लगानिका बाटाहरु देखाउन जरुरत देखिएको छ ।

हिमालयन कन्जर्भेसन एण्ड रिसर्च ईन्स्टिच्युट डोल्पा
हाल आयोवा स्टेट युनिभर्सिटि, आयोवा, अमेरिका

लेखकसँग केही जिज्ञासा भए यसमा जान सक्नुहुने छ ।

Email – [email protected] 

facebook link – https://www.facebook.com/luckysuraj/photos?lst=100001370158860%3A634519423%3A1589416170





error: Content is protected !!