गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउन खोजेपछि झडप

कालिकोट, कालिकोट को पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण योजनामा आफ्नै डोजर चलाउन खोजेपछि झडप भएको स्थानीयले बताएका छन् ।
सडक निर्माण योजनामा गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउनु पर्ने माग गर्दा वडा अध्यक्ष मानबहादुर भण्डारीले अस्वीकार गरेका कारणले झडप भएको स्थानीयले बताएका छन् । सडक निर्र्माण योजनामा गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउन माग गरेको र वडा अध्यक्षले डोजर नचलाएर युवाहरुलाई परिचालन गर्नु पर्ने माग राखेका स्थानीयले शक्ति भण्डारीले बताए ।
‘गाउँपालिका अध्यक्षले कार्यदल लगाएर वडा अध्यक्षमाथि हातपात गर्नुभयो ।’ उनले भने,‘त्यसपछि कार्यदल र स्थानीय युवा बीच झडप भएको हो ।’ झडपमा परि वडा अध्यक्ष मानबहादुर भण्डारी, धनबहादुर भण्डारी गम्भीर घाइते भएको र गाउँपालिका अध्यक्ष उनीकी श्रीमति एक जना कार्यदलको सदस्य पनि घाइते भएको स्थानीयले बताएका छन् । घटनाका बिषयमा एक पक्षीय मात्र प्रचार भएको र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकाया (इन्द्र) वेपत्ता भएको नेकपा वडा नं. १ अध्यक्ष शक्ति भण्डारीले बताए ।
‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष बिष्णु रोकाया वेपत्ता पारिएको छ ।’ उनले भने,‘यो घटनामा बिषयमा एक पक्षीय मात्र समचार बाहिर आएका छन् ।’ गाउँपालिका अध्यक्ष र स्थानीय नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच लामो समयदेखि विवाद हुँदै आएको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाले अध्यक्ष बमलाई लामो समयदेखि कारवाहीको माग गर्दै आएको थियो ।










