“बुद्धजयन्ती रबन्दाबन्दी”

मधु बाबु गौतम

विश्वमा चौथो ठुलो धर्मको रुपमा रहि झण्डै २५ करोड भन्दा बढी मानिसहरुले मान्दै आएको बुद्ध धर्मको उद्गमस्थल नेपाल र यस धर्मका प्रर्वतक तथा महान गुरु गौतम बुद्ध (सिद्धार्थ गौतम) को जन्म ईसा पूर्व ५६३ मा नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा रहनुले पनि नेपाललाई बिश्वमा चिनाएको छ । शान्ति¸सत्य र अहिंशाको प्रर्वतक गौतम बुद्धले गरेको त्याग, तपस्या र ध्यानबाट प्राप्त गरेको बुद्धत्वलेनै आज संसारका बिभिन्न देशहरुमा बुद्ध धर्म र उनका उपदेश मान्ने अनुयायीहरु फैलिरहेका छन् । गौतम बुद्धलाई हिन्दु धर्मालम्बीहरुले समेत भगवान बिष्णुका दश अवतार मध्ये एक अवतारको रुपमा मान्दछन् । यति मात्र नभएर बुद्धलाई एशियाकोताराको रुपमा समेत चिनिनुले हामीलाई नेपाली हुनुमा गौरवानुभूतीको महसुस हुन्छ ।

एउटा कुलिन परिवारमा राजकुमारको रुपमा जन्म लिएर भौतिक सुख, सयल र बिलासिता पूर्ण जीवनबाट टाढा रहेका सिद्धार्थ गौतमकि आमा माया देवी उनी जन्मेको सातौ दिनमा परलोक भएकोलेउनले मातृशोक लगायत थुप्रै पारिवारिक र सांसारिक दु:खहरु सँग साक्षातरहेको पाईन्छ। सम्पूर्ण जिव,जगत र प्राणीलाई आगाध प्रेम र स्नेह गर्ने बानिका गौतम बुद्धले २९ बर्षको उमेरमा नै सम्पूर्ण सुख सयल छोडेर मानव जीवनमा आईपर्ने पीडा र दु:ख निवारण गर्न ज्ञानको खोजीमा निस्की बर्षौ सम्मको त्याग र तपस्याबाट दर्शन र ज्ञानको परिमाण स्वरुप बुद्धत्व प्राप्त गरीत्यस पश्चात मात्र उनी गौतम बुद्धको रुपमा बिश्वभर चिनिएका थिए । यसरी अधिष्ठान पुर्वक एकाग्र र स्व-अनुशासनमा रहि तपस्याबाट प्राप्त महाज्ञान र दर्शनलाई संसार भरी बाँडेकै कारण आज उनका अनुयायीहरु उनलाई धर्म गुरुको रुपमा पुज्ने गर्छन भने नेपालले समेत बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिदै आईरहेको छ ।

                         आज बिश्वभरी नै जल्दोबल्दो समस्याको रुपमा मानव अस्थित्वलाई नै संकटान्मुख दिशा तिर धकेल्दै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ ले आम जनमानसको मन मस्तिष्कलाई भयभित¸त्रसित र आतङ्कित तुल्याएको छ । आजको दिन सम्म यसको निदान र निराकरणको निमित्त न कुनै औषधी फेला पर्न सकेको छ, न छिटै फेला पर्न सक्नेसम्भावना नै देखिन्छ, त्यसैले विश्वका अति विकसित शक्तिशाली र आधुनिक प्रबिधिले सु-सम्पन्न राष्ट्रहरुलाई समेत यसले आच्छु-आच्छु पारिरहेको परिप्रेक्ष्यमा हामी पनि यसबाट अछुत रहन सक्ने कुनै संभावना रहेन र नेपाली समुदायमा पनी यसले बिस्तारै आफ्नो प्रभुत्व जमाउने लक्षणहरु दिनानुदिनबढिरहेका छन् ।

                               तथापि हामी यसबाट बच्न र बाँच्नको लागी सबैले आ-आफ्नो ठाँउबाट सजक र सचेत रहि विज्ञहरुको सल्लाह सुझावहरुकोअनुसरण गर्दै सरकारद्धारा लगाईएको बन्दाबन्दीको पूर्ण परिपालन गरी समाजिक दुरी कायम राख्दै स्व-अनुशासनमा बस्नुनै यसको सही समाधान हो ।कुनै पनि समस्या र चुनौतिको समाधान गर्न मानिसलाई अन्तरआत्मा देखि नै उच्च आत्मबल र उर्जा चाहिन्छ तब मात्र सफलता हासिल गर्न सकिन्छ ।आज नेपाल मात्र होईन बिश्व जगतको गति नै रोकिएको अवस्था छ, जसको प्रत्यक्ष मार नेपाल जस्ता कैयन विकासोन्मुख राष्ट्रहरुले व्यहोनु पर्ने संभावना बढी रहेका छन।

                    यति बेला आम मानव समुदाय कोरोना कहरको थिलथिलोमा बन्दाबन्दीको अवस्थामा एकान्त वासमा रहेको मौका छोपि विभिन्न सामाजिक संजालमा मानवीय सन्तुलनलाई नै अस्थिरता ल्याउने खालका विचार र भावना राख्न भन्दा जसरी गौतम बुद्धले एकान्त वासमा रहि बुद्धत्व प्राप्त गरे त्यसरीनै हामी पनि सामाजिक दुरी कायम राखी सरकारद्धारा लगाईएको बन्दाबन्दीको पुर्ण पालना गर्दै समाजमा सकारात्मक संदेश प्रवाह गर्न र कोरोना बिरुद्धको लडाईमा सफलता हासिल गर्न उच्च मनोवल र दृढ ईच्छा शक्ति प्राप्तिको सत्मार्गको बाटो हिड्ने अभियानमा सामेल हौ ।सिद्धार्थ गौतमले जसरी बुद्धत्व प्राप्त त नगरौला, भलै हाम्रो मन मस्तिष्कलाई एकाग्र¸ आत्म नियन्त्रण र सम्पूर्ण जीवन जगतको आत्मानुभूती साथ कुनै श्रृजनशील कार्य भने पक्कै गर्न सक्ने छौ ।

                    त्यसैले आउनुहोस् सगरमाथाझै अटल वीर गोर्खालीको पहिचान बोकेको बुद्धको शान्ति भूमी नेपालबाट आज बैशाख कृष्ण शुक्ल पूर्णीमा यानेकी गौतम बुद्ध जन्मेको दिन बुद्ध जयन्तीको शुभ साईत पारी शान्ति,सत्य र अहिंसाको मुल मन्त्रलाई आत्मसाथ गर्दै कोरोना भाईरस Covid-19 विरुद्धको अभियानमा समावेश भई विश्वलेनै यसबाट छुटकारा पाउने दृढ ईच्छा शक्ति र उच्च मनोबलका साथ सफलता हासिल गर्ने शंखघोष गरौ ।

बुद्धम शरणम् गच्छामी

चौरजहारी-१, रुकुम पश्चिम





error: Content is protected !!