कोरोना संक्रमण रोकथाम कोषमा नेकपा बारपाक सुलिकोटको सहयोग

गोरखा ः बारपाक सुलिकोट गाउँपालिकाले स्थापना गरेको कोरना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटीले रु ७५ हजार सहयोग रकम प्रदान गरेको छ ।
आज पार्टी अध्यक्ष नरबहादुर गुरुङको नेतृत्वमा गण्डकी प्रदेश कमिटी सदस्य भगवती तिवारी, जिल्ला सदस्यहरु धामी बराम र मोहन ढकाल, गाउँपालिका सदस्यहरु जित नेपाली, राजकुमार गुरुङ, नारायण श्रेष्ठ लगायतको प्रतिनिधि टोलीले गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । यसक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख कार्यकारी अधिकृत गौतम भण्डारी लगायतको समेत उपस्थित रहेको थियो ।
गाउँपालिकाका पार्टी सदस्य एवं शुभचिन्तकहरुबाट संकलित रकम मध्ये पहिलो चरणमा उक्त रकम प्रदान गरिएको र सहयोग अभियान जारी राखेकोले अर्को चरणमा पुन सहयोग गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभएको थियो ।पार्टी अध्यक्ष गुरुड।ले यस अभियानमा सहयोग गर्नु हुने हरुको रेकर्ड पार्टीले राखेको जानकारि गराउँदै सबै दाताहरुलाई आभार व्यक्त गर्नुभएको थियो।

सहयोग रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भट्टले जनताको सहयोग रकमलाई पारदर्शी ढंगबाट कोभिड(१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि खर्च गरिने प्रतिबद्धता ब्यक्त गर्दै सहयोगीहरुलाई धन्यबाद दिनुभएको थियो।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) रोकथामको लागि सहयोग अभियान नै संचालन गर्दै आएको गाउँपालिका पार्टी कमिटीले टोल(टोलमा गएर कोरोना संक्रमण हुन नदिनको लागि सचेतना अभियान संचालन गर्दै आएको छ । त्यस्तैगरी गाउँपालिकाभित्र प्रवेश गर्ने नाकाहरुको निगरानी गर्ने र शंकास्पद नयाँ मानिसहरुको आगमन देखिएमा आवश्यक सुझाव सहित सुरक्षित बसाईको लागि पहल गर्ने, गाउँपालिका बाहिर वा भित्र समस्याग्रस्त रुपमा रहेका गाउँपालिकाबासीलाई आवश्यक सहयोग, उचित राहत तथा व्यवस्थापनको लागि सम्वन्धित निकायहरुमा पहल गर्ने जस्ता कार्यहरु गर्दै आएको छ । त्यसको लागि पार्टीले (कोभिड १९) रोकथामको लागि सहयोग अभियान कार्यदल नै गठन गरी काठमाडौं सम्पर्क र टोलसम्मको कमिटीलाई परिचालन गरिएको अध्यक्ष गरुङले बताए । यसरी कोरना संक्रमण रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले गरेका सबै क्रियाकलापहरुमा सिंगो पार्टी पङ्ति नै जुटेकोले कोेरोना पूर्ण रुपमा अन्त्य नहुदासम्म यो सहयोग अभियानमा साथ र सहयोग गर्न सम्पूर्ण जनसमुदायलाई आव्हान गरिएको अध्यक्ष गुरुङले जानकारी समेत दिनुभएको थियो।





error: Content is protected !!