ढुक्क साथ पुरा भए १४ दिन ? फर्कीए ७७ जना

डोल्पा ः आदर्श माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिका जुफालबाट १४ दिन कटाएर ७७ जनाले आज परिवारको सम्पर्कमा गएका छन् ।
उनीहरुलाई कोरोना भाईरस ( कोभिड –१९) को त्रासका कारण दु्रत परीक्षण गरिएको थियो । सो परीक्षणबाट समस्य नदेखिएपछि १४ दिन कटाएकालाई विदा गरिएको नगरप्रमुख गणेसबहादुर शाहीले जानकारी दिनुभयो । ४६ जना पुरुष तथा ३६जना महिलाहरु दु्रत परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटि आएको ठुलिभेरी नगरपालिका स्वास्थ्य तथा सरसफाई शाखाका संयोजक तारा महताराले बताउनुभयो ।
त्यस्तै नगरपालिकाले बाहिर जिल्लाबाट आएका ३८४जना सर्वसाधारणलाई क्वारेन्टाइनमा राखेका छ । क्वारेन्टाईबाट घर गएकाहरुलाई होम क्वारेन्टाईनको बारेमा समेत जानकारी गराएको छ ।





error: Content is protected !!