भोकाएको अजिंगरले निल्यो सिंगो हरिण (भिडियो)

भारतको उत्तर प्रदेशमा रहेको दुधवा नेसनल पार्कमा एक अजिंगरले भोकको सुरमा सिंगो हरिण नै निलिदिएको छ ।

अजिंगरलाई त्यो हरिण पचाउन हप्तौं लाग्छ । अजिंगरको पाचन रस तथा इन्जाइमहरू निकै बलियो हुने भएकाले सिंग र रौं पनि पचाइदिन्छ ।

अजिंगरले कुनै पनि जन्तुलाई निल्नुअघि आफ्नो मुख निकै फट्ट्याउन सक्छ । भिडियोमा अजिंगरले हरिणलाई बिस्तारै निलेको देख्न सकिन्छ ।





error: Content is protected !!