क्वारेन्टाईन नवुझदा समस्य बल्झिदै

हेमन्त केसी
जाजरकोट (बारेकोट) ,  बारेकोट गाउँपालिका – ४ की वडा अध्यक्ष सिर्जना बस्नेतलाई क्वारेन्टाईनमा व्यवस्था गर्न अहिले हम्मे , हम्मे भएको छ । उहाँको वडामा मात्र ५४ जना स्थानीयवासीहरु क्वारेन्टाईनमा बसेका छन् ।

क्वारेन्टाईन वसेको सवैले ईन्टरनेट , टिभि, पौष्ट्रिक यूक्त खाना माग्दा अध्यक्ष वस्नेतलाई हैरान भएको छ । वर्षेनी खाद्यान्न अभाव हुँने त्यस वडामा दैनिक सामान्य खाना समेत पाउन मुस्किल छ । सोही वडामा डव्लु एच ओको मापदण्ड अनुसारको व्यवस्था खोज्दै क्वारेन्टाईनमा बसेका सर्वसाधारणले वडा अध्यक्ष बस्नेतलाई हैरान बनाएका हुँन् । यहाँको वडा जस्तै बारेकोट गाउँपालिकाको सवै वडामा दर्जनौ मानिसहरु क्वारेन्टाईनमा बसेका छन् ।

क्वारेन्टाईनमा बसेका सबैले डब्लु एच ओको मापदण्ड खोजेपछि सो व्यवस्थापन गर्न स्थानीय सरकारलाई हैरान भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । मोवाईल टावर सम्मा नभएको बारेकोटमा टिभि, ईन्टरनेट खोजेपछि सवै जनप्रतिनिधिहरु हैरान भएका छन् । क्वारेन्टाईनमा बसेका सवैलाई खाना समेत पुर्याउन निकै मुस्किल भएको गाउँपालिकाले जनाएको छ । खाद्यान्न संकट व्यहोरी रहेको बारेकोट गाउँपालिकामा क्वारेन्टाईनमा खाद्यान्न लिन समेत समस्य हुँदै आएको छ ।

नलगाड नगरपालिकामा ५ सय भन्दा बढी मानिसहरु बाहिर बाट आएका कारण व्यवस्थापनमा समस्य भएको छ । जिल्लामा आएको आरडिटी ( द्रत परीक्षण) गर्नका लागि पहिलो चरणमा ३ सय र दोस्रो चरणमा २ सय किट आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । जिल्लामा २ हजार भन्दा बढी मानिसहरु आएको कारण सवैलाई किटको अभावमा परीक्षण गर्न सकिएको छैन । जिल्लामा अहिले सम्मा ३ सय मानिसलाई मात्र दु्रत परीक्षण गरिएको छ ।

व्यवस्थापको समस्यका कारण अहिले हैरान भएको जनप्रतिनिधिहरु बताउँछन् । जिल्लाका सवै ठाउँमा रहेका क्वारेन्टाईन निर्माण गर्दा आवश्यक सामग्रीको अभावमा मापदण्ड पुरा गर्न नसक्दा हैरान भएको छ । भौगलिक विकटता , तोकिएका सामग्री नपाउँदा व्यवस्थापमा समस्य भएको हो ।

क्वारेन्टाईनको महत्व नवुझदा समस्य ?

जिल्लाका सवै ठाउँमा रहेको क्वारेन्टाईनको अर्थ र परीभाषा नवुझदा समस्य भएको छ । क्वारेन्टाईनमा वसेका व्यक्तिलाई हेर्ने नजर नकरात्मक हुँदा आफूहरु पीडित भएको बारेकोट गाउँपालिका – १ कालिका आर्दश माविको क्वारेन्टाईनमा बसेकी प्रेमकला बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो , “ हामीलाई अपराधीकरण गरियो । हामीलाई हेर्ने नजर नै फरक छ । जेलमा बसेझँै गरी व्यवहार गर्नु राम्रो भएन । ”

बारेकोट गाउँपालिकामा मात्र १६७ जना क्वारेन्टाईनमा बसेका छन् । जनप्रतिनिधिहरुले समेत क्वारेन्टाईनको महत्व सर्वसाधारणहरुलाई बुझाउन नसक्दा थप समस्य चुलिएको छ । प्रहरीले जिल्लाका बिभिन्न ठाउँमा पुगेर सामाजिक दुरी कायम गरेर प्रशिक्षण दिएपनि सवै गाउँमा सवै ठाउँमा सूचना प्रवाह नहुँदा हुँन नसक्दा बुझाईमा समस्य देखिएको छ । मिडियाको पहुँच सवै ठाउँमा नहुँदा सूचना प्रवाह हुन सकेको छैन ।

एक , गाउँबाट अर्को गाउँमा जानका लागि एक दिन नै लाग्ने भएकाले जनचेतना फैलाउन समस्य भएको प्रहरीको भनाई छ । व्यवस्थाप र जनचेतनाको काम सँगै भएका कारण सूचना प्रवाहमा समस्य भएको बारेकोट गाउँपालिकाको सर्वपक्षिय वैठकमा उपस्थित सहभागिले बताएका छन् ।





error: Content is protected !!