बजेट अधिबेशन सञ्चालनबारे प्रधानमन्त्री र सभामुखबीच छलफ

संसदको छटौँ अधिबेशनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच बुधबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिबेशन बोलाउने विषय, बिनियोजन बिधेयकको सिद्धान्त र प्राथमिकताका विषय, नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लक डाउन लम्बिरहँदा संसदको बर्खे अधिबेशन अन्यौलमा परिरहेको छ । गत बर्ष बैशाख १६ गतेबाटै बर्खे अधिबेशनको सुरु भएको थियो । तर, कोरोनाको संक्रमणको असर कहिलेसम्म पर्छ भन्ने कुरा आँकलन गर्न नसकिएकाले यो सालको अधिबेशन अनिश्चित छ ।

कोरोनाको त्रास बढेपछि संसदको पाचौँ अधिबेशनले पनि पर्याप्त काम गर्न पाएको थिएन । प्रतिनिधिसभाको अन्तिम बैठक फागुन २९ गते बसेको थियो । त्यसपछिका दिनमा एक महिनाभन्दा बढी समय सुचना टाँसेर बैठक स्थगित गरिएको थियो भने चैत २४ गते सुचना टाँसेर नै अधिबेशन अन्त्य गरिएको थियो ।

कोरोनाको असर लम्बिदै जाँदा जेठ १५ गते नै बजेट ल्याउनुपर्ने सबैंधानिक व्यवस्था र त्यसभन्दा अघि प्रि–बजेट छलफल, निती तथा कार्यक्रमका बारेमा के गर्ने भन्नेमा अन्यौल कायमै छ ।छैटौँ अधिबेशनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको बताइएको छ ।





error: Content is protected !!