कस्तो सम्बन्ध छ वायु प्रदूषण र कोरोनाबीच ?

वैज्ञानिक र स्वास्थ्य विशेषज्ञहरू कोरोना भाइरस (कोभिड–१९)बारे अध्ययन गरिरहेका छन् । भाइरसको प्रकृति, उत्पत्ति, औषधि, खोप र वातावरणसँगको सम्बन्धमा विभिन्न अध्ययन भइरहेका छन् । कोरोनाबारे अध्ययन भइरहँदा प्रत्येक दिन केही नयाँ तथ्य पत्ता लागिरहेका छन् ।

पछिल्लो समय कोरोना भाइरस र वातावरणका सम्बन्धमा पनि अनुसन्धान भइरहेका छन् । डेनमार्कको आर्कस विश्वविद्यालय र इटालीको सियाना विश्वविद्यालयका अनुसन्धानकर्ताले हालै गरेको अध्ययनअनुसार, कोरोना भाइरस र वातावरण प्रदूषणबीच सम्बन्ध देखिएको छ ।

कोरोना संक्रमणले फोक्सोमा असर पुयाएर कडा खालको निमोनिया गराउँछ । वायु प्रदूषणले प्रतिरोधी क्षमता घटाउने र संक्रमण सजिलै फैलाउने सम्भावना बढी रहन्छ ।

इन्भाइरन्मेन्टल पोलुसन नामक जर्नलले वातावरणीय प्रदूषण र संक्रमणका कारण हुने मृत्युदर एक–अर्कासँग सम्बन्धित रहेको निष्कर्ष निकालेको छ । इटालीको मौसम र त्यहाँको प्रदूषणका आधारमा गरिएको सो अध्ययनले यस्तो नतिजा देखाएको जर्नलमा उल्लेख छ । यद्यपि, यसबारे विभिन्न प्रमाण भए पनि कोभिड–१९ को संक्रमण व्यक्तिको स्वास्थ्य, उमेर, वातावरणीय विविधताका आधारमा भिन्न हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

आधिकारिक तथ्यांकअनुसार, इटालीको उत्तरी क्षेत्रमा १२ प्रतिशत र अन्य भागमा चार दशमलब पाँच प्रतिशत मात्रै मृत्युदर छ । यसको अर्थ, त्यहाँको वातावरणीय अवस्थाले समेत मृत्युदरमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । नासाको अरा सेटेलाइट र युरोपियन वातावरणीय एजेन्सी एयर क्वालिटी इन्डेक्सका आधारमा गरिएको वातावरणीय अध्ययनले संक्रमणको मृत्युदर र प्रदूषणबीच सम्बन्ध रहेको स्पष्ट पारेको हो ।

वायु प्रदूषण, प्रतिरोधी क्षमता र कोभिड–१९

वायु प्रदूषण र कोरोना भाइरसको असर एक–अर्कामा प्रत्यक्ष सम्बन्धित छैन । सामान्यतया, वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य जटिलता र यसले प्रतिरोधी क्षमतामा पार्ने असरका कारण कोरोना संक्रमणको असर तुलनात्मक रूपमा बढी हुन्छ ।

वायु प्रदूषणले फोक्सो, माइक्रोस्कोपिक, कपाल आदिमा पाइने सिलियामा क्षति पु(याउँछ, रोग प्रतिरोधी क्षमता विकास गर्ने प्रणालीमा क्षति पुग्दा शरीरमा विभिन्न संक्रमणले सजिलै असर पुयाइरहेका हुन्छन् । त्यस्तै, कोरोना संक्रमणले फोक्सोलगायत अंगमा असर पु(याएर कडा खालको निमोनिया गराउँछ । वायु प्रदूषणले प्रतिरोधी क्षमता घटाउने र संक्रमण सजिलै फैलिने सम्भावना बढी रहन्छ ।

अन्वेषकका अनुसार, संक्रमणका कारण हुने मृत्युदर बढाउन वायु प्रदूषणको मुख्य भूमिका हुन्छ ।

(एजेन्सीको सहयोगमा)





error: Content is protected !!