यार्सागुम्वा रोक ः जिल्ला विपत व्यवस्थापन समितिको निर्णय निकुन्जद्धारा सदर

डोल्पा ः जिल्ला व्यवस्थापन समितिको यार्सागुम्वा संकलन गर्न लगाएको रोकलाई शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले सदर गरेको छ ।

निकुन्जले सरोकारवालासँग छलफल गर्नुका साथै देशमा लक डाउन जारी रहेको समयमा यार्सागुम्वाको जिल्लामा भित्रने १० हजार भन्दा बढी सर्वसाधारणबाट समस्य पर्ने भन्दै यार्सागुम्वा संकलन कार्य रोक लगाएको बताएको छ ।

२५ जना भन्दा बढी जम्मा हुँन नपाउने सरकारले निर्देशनलाई कडाई पुर्वक पालना गरी जिल्ला विपत व्यवस्थाप समितिको निर्णयलाई सदर गरिएको छ ।

बिभिन्न २८ ठाउँमा यार्सागुम्वा रोकको लागि गरिएको निर्णयलाई पालना गरी सहयोग गरिदिन अनुरोध गरी निकुन्जले पत्राचार समेत गरेको छ ।





error: Content is protected !!