नगरप्रमुख घर्ती माथी आक्रमण गर्ने शाहीलाई निलम्वन गर्न माग


जाजरकोट , जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गर्ने दिपेन्द्र शाहीलाई निलम्बन गर्न नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले माग गरेको छ ।
सत्तारुढ नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार बिहान जिल्लाको भेरी नगरपालिका – १०को फेराखोला स्थित भेरी नदीको किनार छेउमा आक्रमण गर्ने यूवा संघको जाजरकोट संयोजक शाहीलाई कारवाहीको माग गरिएको हो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उहाँको मलामी गएका नगरप्रमुख घर्तीलाइ सत्तारुढ नेकपाको युवा संघ नेपाल जाजरकोटका संयोजक दिपेन्द्र शाहीको समुहले आक्रमण गरेपछि शाही माथी चौतर्फी कारवाहीको माग गरिएको छ ।
शाही र उनका भाइहरुको समुहले नगरप्रमुख घर्ती माथि ढुंगा र मुक्का प्रहार गरेर आक्रमण गरेका थिए । नगर प्रमुख घर्ती नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश समिति सदस्य समेत रहनुभएको छ । घर्तीले सामाजिक सञ्जालमा लेख्दै भननुभएको छ , “ भेरी नगरपालिका – १०, फेरा खोला र भेरी नदी बीचको मशानघाटमा एक्कासी पुर्ण नियोजित ढङ्गले राष्ट्रिय युवा सङ्घ जाजरकोटको अधक्ष्य दिपेन्द्र शाहीको नेतृत्वमा गएको समुहले अन्धाधुन्ध ढुङ्गा, हातखुट्टा इत्यादी प्रयोग गरेर आक्रमण गरेर मलाई घाइते बनाएको छ। र यसको मुल प्रयोजन भनेको राष्ट्रिय युवा सङघजस्तो गौरवशाली सङ्ठनको नाममा बिभिन्न अपराधिक गतिबिधिहरु, डोजर आतंक जस्ता कुकृत्यहरु गर्नु नपाउनु नै हो, र पाउने पनि छैनन। भेरी नगरपालिका, आफैमा एउटा स्थानीय सरकार हो, जसका बिकास छनौटका बिभिन्न चरणहरु हुन्छन, वडा समिति हुन्छन, कार्यपालिका हुन्छ अनि नगरसभा हुन्छ। तसर्थ कुनै अराजक समुहले आफू अनुकुलको बिकास पाउनुपर्छ, भनेर राख्ने मागको कुनै अर्थ रहदैन।”

नगरप्रमुखले योजना दिदा शाही समुहले नपाएको र आफूहरु माथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषी माथी कारवाहीको माग गदै यूवा संघ केन्द्रीय समितिले शाहीलाई निलम्वन गर्न समेत माग गरिएको छ । नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताउनुभयो ।





error: Content is protected !!