नगरप्रमुखमाथी आक्रमण

जाजरकोट , जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ ।  सत्तारुढ नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार बिहान जिल्लाको भेरी नगरपालिका – १०को फेराखोला स्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।

सत्तारुढ नेकपाका कार्यकर्ता एवम साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उहाँको मलामी गएका नगरप्रमुख घर्तीलाइ सत्तारुढ नेकपाको युवा संघ नेपाल जाजरकोटका संयोजक दिपेन्द्र शाहीको समुहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

उहाँले शाही र उनका भाइहरुको समुहले नगरप्रमुख घर्ती माथि ढुंगा र मुक्का प्रहार गरेर आक्रमण आरोप लागेको छ । नगर प्रमुख (नेकपा)को कर्णाली प्रदेश समिति सदस्य समेत रहेका रहका छन् । नगरप्रमुखले योजना दिदा शाहीको समुहले नपाएको र आफूहरु माथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताएको छ ।
नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताउनुभयो ।





error: Content is protected !!