भकाभक कोरोना कोषमा रकम जम्मा

नन्दा शाही
जाजरकोट ः कोरोना संक्रमन, रोकथाम तथा उपचार कोषमा रकम जम्मा हुँन थालेको छ । नलगाड नगरपालिकाका शिक्षकहरुले आज रु ५ लाख ३९ हजार ८८ रकम कोषमा जम्म गरेका छन् ।

त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीले १ लाख ८१ हजार १ सय ११ रकम जम्मा गरेको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । त्यस्तै शिवालय गाउँपालिकाको पनि स्थापना गरेको कोषमा सिभिल बैंक रु २० हजार सहयोग गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

त्यस्तै बारेकोट गाउँपालिकामा केही दिनमा यहाँका कर्मचारीले तहगत रुपमा क्रम्म ७, ५ र ३ दिनको तलव कोषमा जम्मा गर्न लागेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । अन्य स्थानीय तहले पनि आफूले स्थापना गरेको कोषमा रकम जम्मा गर्न सार्वजानिक रुपमा आग्रह गरेका छन् ।

उक्त कोषमा जम्मा भएको रकमबाट त्यहाँका पीडित सर्वसाधारणलाई नै खर्च गरिने छ । कोषमा जम्मा गर्ने नलगाड नगरपालिकाका कर्मचारी र शिक्षक नै पहिलो भएका छन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको विपद व्यवस्थापन कोषमा अहिलेसम्म रु १२ लाख बढी नगद जम्मा भएको नगर प्रमुख गोर्खवहादुर केसीले जानकारी दिनुभयो । नगरपालिकाले कोरोनालाई लक्षित गरेर कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेपछि कोषमा नगद सहयोग गर्नेहरु बढेको उहाँले बताउनुभयो ।
व्यक्तिगत तथा संस्थागत सहयोगबाट कोषमा रु १२ लाख बढी रकम संकलन भएको नगर प्रमुख केसीको भनाई छ । उहाँका अनुसार विभिन्न संघ संस्था, समुह, सहकारी, शिक्षक, बुद्धिजिवि, राजनीतिक दल सहित आम सर्वसाधारणहरुले सकेको सहयोग गरिरहेका छन् ।
जेष्ठ नागरिकहरुले बृद्धभत्ता बुझेर उक्त भत्ताबाट समेत नगरपालिकामा पुगेर सकेको सहयोग गरिरहेको उहाँको भनाई छ । कोरोनालाई लक्षित गरेर नगरपालिकाले १२ बेडको आईसोलेसन भवन निर्माण गरेको छ ।





error: Content is protected !!