गर्भवती महिलाद्वारा आत्महत्या

डोल्पाः ठुलीभेरी नगरपालिका ११ की एक महिलाले आत्महत्या गरेकी छन् । डोल्पा ठुलीभेरी नगरपालिका ११ रहमा घरभई माइतीघर त्रिपुरासुन्दरी नगरपालिका ३ सुँउ गाउँमा बस्दै आएकी २० वर्षीया तारा डाँगीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी हुन ।

बुधबार अपरान्ह्र घरको कोठामा डोरीले घाटीमा पासो लगाएर आत्म हत्या गरेको जानकारी आएपछि बेलुका पखमात्र प्रहरी घटनास्थलमा पुगेको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट मुचुल्का गर्न टोली आएको र पोष्टमार्टमको जिल्लामा पठाइने प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरिक्षक शुसिल रावलले बताए ।

आत्महत्या गरेकी महिला गर्भवती समेत रहेको र उनका श्रीमान हिराबहादुर कार्की मजदुरीको सिलसिलामा भारतमा रहेको बताइएको छ । गर्भवती समेत रहेकी महिलाले किन आत्महत्या गरिन भन्ने बोर केहि खुलेको छैन ।





error: Content is protected !!