व्यक्तिगत लगानीमा खाद्यान्न वितरण

जाजरकोट ः कोरोना भाईरसको ( कोभिड –१९) जोखिम बढेसँगै ‘लक डाउन’ हुँदा समस्यमा परेका सर्वसाधारणलाई व्यक्तिगत खर्चमा खाद्यान्न वितरण गरिएको छ ।
शिवालय गाउँपालिका –१ का स्थानीयवासी लोकेन्द्र जंग रानाले यहाँका १६० जना सर्वसाधारणलाई २५ केनीका दरले चामल वितरण गर्नुभएको छ ।

उक्त राहत खाद्यान्न गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको रोहवरमा वितरण गरिएको हो ।  दैनिक छाक टार्न समस्य भएका परिवारलाई उक्त खाद्यान्न वितरण गरिएको रानाले भनाई छ । सुर्खेतबाट जाजरकोट खाद्यान्न ल्याएर वितरण गरिएको हो ।





error: Content is protected !!