विद्यार्थीलाई पैसा पठाउँदै डोल्पाका स्थानीय तह

नन्दा शाही
जाजरकोट ः जिल्ला बाहिर रहेका विदार्थीहरुलाई आर्थिक रुपमा समस्य परेको गुनासो बढेपछि डोल्पाका दुई स्थानीय तहले बजेट पठाएका छन् ।
आफ्ना नागरिकहरुलाई अभाव र भोकै बस्न नदिने भन्दै मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले रकम पठाउने भएका हुँन् । मुडेकेचुला गाउँपालिकाले प्रति विद्यार्थीहरु रु ३ हजारका दरले १६३ जनालाई पठाईसकेको छ । लक डाउन लम्विदै गएमा थप प्रतिविद्यार्थी रु ५ हजारका दरले रकम पठाउने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाले पनि जिल्लाबाहिर रहेका प्रत्येक विद्यार्थीको खातामा पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेको हो । नेपालगन्ज, काठमाडौं, सुर्खेत, पोखरालगायतका जिल्लामा रहेका प्रत्येक विद्यार्थीका लागि पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेको नगरप्रमुख ओम बुढाले जानकारी दिनुभयो ।

सम्बन्धित वडा कार्यालयको सिफारिस र परिचयपत्रका आधारमा बैंकखाता भएका विद्यार्थीलाई जहाँ छन् त्यहीँ पैसा पठाउने र बैंकखाता नभएका विद्यार्थीको हकमा उनका अभिभावकमार्फत पठाउन लगाउने निर्णय गरिएको छ । त्यस्तै जगदुल्ला गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँपालिकामा ल्याउनका लागि पहल सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष नारसिंङ रोकायले अलपत्र परेका सवै नागरिकलाई ल्याउनका लागि पहल सुरु गरिएको बताउनुभयो ।





error: Content is protected !!