वडा अध्यक्ष नेपाली माथी कुटपिट

जाजरकोट , जुनिचाँदे गाउँपालिका –२ का वडा अध्यक्ष रामबहादुर नेपाली माथी जयनाथ याेगि समुहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाईते हुनुभएको सशस्त्र प्रहरी वल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो ।
अहिले आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोखि खटिएको टाेलिले जय नाथ याेगि लगायत ७ जनालाई पक्राउ गरिएको छ। घाइतेलाई उपचारका लागि सुर्खेत लिन लागिएको बस्नेतले जानकारी दिनुभयो । खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताएको छ ।










