भाइरस सजीव कि निर्जीव प्रमको वाणीले निम्त्याएको रमाइलो बहस

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भाइरस निर्जीव भएको भनी बताएको भिडियोले यतिखेर खुब चर्चा पाएको छ । सिंहदरवारस्थित एक्सन रुमबाट गत चैत्र २९ गते सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले उक्त कुरा भनेका थिए । अहिले बाहिर प्रकाशमा आएको १ मिनेट ४३ सेकेण्डको उक्त भिडियो क्लिपमा प्रधानमन्त्रीले निम्न कुरा भनेको सुनिन्छ ।

भाइरस भनेको निर्जीव तत्त्व हो। यो निर्जीव तत्त्वमा जुन बोसीय, बोसो जस्तो फ्याट्टीय तत्त्व हुन्छ, त्यसले त्यसलाई एउटा जीवित तत्त्वको रुपमा सक्रिय गराइदिन्छ । त्यसकारण तातोपानीको बाफ लिने, तातोपानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिम जस्ता कुरा नखाने, हात धुँदा सकिन्छ भने तातोपानीले धुने, मुख धुँदा अलिकति तातोपानीले धुने मनतातो पानीले । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरस चाहिँ नि, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, त्यो समाप्त हुन्छ । मर्ने होइन, त्यसको जुन जीवतत्वको रुपमा त्यसको बोसीय तत्त्व, बाहिरी लेयरको बोसीय तत्त्वले चाहिँ उपद्रो मच्याउन सक्थ्यो, त्यो समाप्त हुन्छ । ‘भाइरस किन मार्न सकिँदैन भन्दा निर्जीव तत्व हो । त्यसकारण निर्जीव तत्त्वको अब यो गीता ज्ञानतिर जानु पर्ने खतरा हुन्छ । यो निर्जीव तत्त्व हो । त्यसकारण यो निर्जीव तत्त्वलाई मार्न सकिँदैन । जसको जीवन छैन, त्यसलाई कसरी मार्ने ? त्यसकारण यो मर्दैन । त्यसलाई जीवतत्वको रुपमा सक्रिय गर्ने इलिमेन्टहरु छन्, ती इलिमेन्टहरुबाट हामी मुक्त हुने हो ।

त्यसयता प्रधामन्त्रीले भिडियोमा मास्क लगाउनेबारे, चश्मा लगाउनेबारे र सर्ने विधिका बारेमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीको यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा रमाइलो बहस सिर्जना भएको छ । वैज्ञानिक समाजवादी अभियानका संयोजक तथा राजनीतिक चिन्तक आहुतिले आफ्नो फेसबुकमा लेखेका छन् ?

जीवन भनेको निरन्तर खास अवस्थामा खास नियमित प्रकृयामा गतिवान हुने कुनै वस्तुको आवधिक क्रियाकलाप हो। जुन चीज आँखाले देखिने गरी, सुक्ष्म वा अति सुक्ष्म रुपमा खास भौतिक प्रक्रियामा गतिवान छन् ती सबै जीवित हुन्। जो स्वयम् सबैका अगाडि निश्चित भौतिक गतिशील अस्तित्वसहित उपस्थित छ, त्यसको जीवन छैन , त्यो मृत हो भनी ठान्नु दर्शनको होइन बरु दर्शन नबुझ्ने अनाडीहरुको बालापन मात्र हो।

उनकै भनाइमा टिप्पणी गर्दै नेकपा मसाल निकट अखिल छैठौंका नेताले लेखेका छन् । त्यो प्रधानमन्त्रीवाला भाइरसको कुरा गर्नुभएको हो भने भाइरस निर्जीव नै हुन्छ है दाजु ? तिनले ठीकै भनेका छन् । साबुनपानीले हात धुने कुरा छुटाएका छन् । अरु ठीकै छ । भाइरसमा जीवहरुमा हुने गुणहरु हुँदैन ? हामीले त्यही पढ्या हो क्यारे ?

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीको भनाइको विपक्षमा आफ्ना भद्र असहमति राखेका छन् । उनले लेखेका छन् ।

भाइरस जीव कि निर्जीव विवादित र थुप्रै बहस गरिएको विषय म चाहिं जिवित भन्छु किनभने १ बिभाजनको मद्दतले आफ्नो अस्तित्व जोगाउने ुजिनु लाई निरन्तर्ता दिन्छ २ मानव, जनावर प्रतिरोधलाई छल्न निरन्तर कोशिस गर्छ, म्युटेशनु को मद्दतले ३ केही रासायनद्वारा नस्ट हुन्छ । विज्ञानका अध्येता तथा युवा लेखक विकास बस्नेतले चाहिँ आफ्नो फेसबुक वालमा रमाइलो पाराले आफ्नो प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन् ।

भाइरसलाई सजीव वा निर्जीव दर्जामा राख्ने भन्ने विषयमा हिजोबाट शुरु भएको यस वादविवाद प्रतियोगितामा म दुधभातु पक्षबाट बोल्न गइरहेको छु ।

आश्रय कोष(होस्ट सेल) नभेटेसम्म भाइरसले आफ्नो वृद्धि र बिस्तारका लागि उर्जा प्राप्त गर्न सक्दैन ? तबसम्मका लागि यसको जीवन स्थगितु हुन्छ । प्रजाती हेरेर केही घण्टादेखि बर्षौंसम्म यो ट डाउनु मोडमा पुग्छ । यसको आफ्नो स्वतन्त  उर्जा दोहन संयन्त्र मेटाबोलिजम हुँदैन, यसको वृद्धि, बिस्तार र गतिशीलता हुँदैन ।अब यसलाई मृत माने पनि हुन्छ ।

तर आश्रय कोष भेटने बित्तिकै यसले आफ्नो जेनेटिक सामग्री (डीएनए आरएनए) को पोको त्यही आश्रय कोषमा खन्याउँछ र त्यही कोषलाई आफ्नो बिस्तार र वृद्धिको लागि प्रोटिन र न्युक्लिक एसिड बनाउन लगाउँछ । आश्रय कोष भेटेको केही घण्टामै यो भाइरलु हुन्छ ।

आश्रय लिएको कोष यसको वातावरण हो । अन्य प्राणी झैँ आफ्नो वातावरण दोहन गरेर वृद्धि र बिस्तार हुनु जीवन हो भने जीवित ठाने पनि हुन्छ ।

खासमा यसका विज्ञहरु चाहिँ यस विषयमा भिड्न छाडिसके ? किनभने रसायनिक प्रतिक्रियाहरुको जोड घटाउ र जीवन बीच केबल परिभाषाु को भिन्नता छ ?

सायद भाइरस जीवन र अजीवन बीचको मिसिङ लिंक हो
हस्त, धन्नेबात

विज्ञान लेखक तुल्सीदास महर्जनको विचारमा चाहिँ भाइरसलाई निर्जीव र जीवबीचको बस्तुको रुपमा लिनु सही हुन्छ । रातोपाटीमा प्रकाशित एक लेखमा उनले यसो भनेका छन्

भाइरसलाई हामी जीव नै मान्छौं । तर, यसले जीवजस्तो रुप र व्यवहार तब मात्र देखाउँदछ, जब यसले कुनै जीवको जीवकोषभित्र प्रवेश पाउँछ । होइन भने यसको रुप न जीवजस्तो देखिन्छ न त यसले जीवको व्यवहार नै देखाउँछ । हामीले अहिलेसम्म बुझेको मान्यताअनुसार सामान्यतः जीव हुनलाई कम्तिमा श्वासप्रश्वास (अक्सिजन लिने र कार्वनडाइअक्साइड शरीरबाहिर फाल्ने) गरेको हुनुपर्छ, खाना खाएको हुनुपर्छ, निश्कासन गरेको हुनुपर्छ र सन्तान उत्पादन गरेको हुनुपर्छ । तर भाइरसले कुनै जीवको जीवकोषभित्र प्रवेश नगर्दासम्म यी कुनै क्रियाकलाप गर्दैन । जीवकोषभित्र प्रवेश गरेपछि पनि यसले आफैंलाई फोटोकपी गरेजस्तै गरी संख्याबृद्धि गर्नेबाहेक गर्नेबाहेक माथि उल्लेखित अन्य कुनै क्रियाकलाप गर्दैन । अनि यसलाई कसरी जीव भन्ने त तर, यसले जीवकोषभित्र आफैंलाई बृद्धि गर्ने भएकोले जीव नभन्न पनि मिलेन । निर्जीव भए त संख्या बृद्धि गर्दैनथ्यो । यी कुराहरुले गर्दा भाइरसलाई निर्जीव र जीवबीचको वस्तुको रुपमा लिनु नै सही हुनेछ ।

व्यंग्यचित्रकार रवि मिश्रले चाहिँ रमाइलो पारामा आफ्ना ट्वीटमा यस्तो लेखेका छन् । बोसिय विशेषज्ञ, फ्याक्टोलोजिस्ट डा खड्गप्रसादलाई कोरोनाभाइरस जचाउन गयो भने टेकु पठाइदेलान् कि तिलगंगा

खड्गप्रसाद अघिअघि महेन्द्र र मुकुन्देको फ्युजन थिए । पछिल्लो कोरोना भाइरसको डक्टरी प्रवचनमा उनमा टिकटक भाइरल अघोरीबाबा को नि संक्रमण देखियो ।

भाइरस सजीव वा निर्जीव भन्ने कुरा विज्ञानको क्षेत्रमा लामै विवादित विषय भए पनि प्रधानमन्त्री ओलीले यसबारेमा बोलेको भिडियोले केही समयका लागि सामाजिक सञ्जालमा राम्रै स्थान र चर्चा पाउने देखिएको छ रातोपाटीमा यो विश्लेषण छापिएको छ ।





error: Content is protected !!