कोरोना सर्न नदिन यसरी सफा राखौँ मोवाइल


मोबाइल हाम्रो दैनिकीको सबैभन्दा नजिकको वस्तु हो । आजकल मोबाइल दैनिकी बनेको छ । साना बच्चादेखि बुढाबुढीसम्मले प्रायः हरेक समय यसको प्रयोग गर्ने गरेका छन् । अनेक प्रकारका कीटाणु र भाइरस हातमा मात्र नभएर सतहमा पनि घन्टौँसम्म रहन्छन् । यसकारण अहिलेको अवस्थामा हामीले प्रयोग गर्ने मोबाइलमा पनि कोरोना रहन सक्छन् । यद्यपि, भाइरसमुक्त मोबाइल बनाउन भने सकिन्छ । यसका लागि यसरी मोबाइललाई सफा राख्नुपर्छ ।

मोबाइल सफा गर्न चस्मा पुछ्ने किसिमको माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्नुपर्छ । कपडामा हल्का साबुनपानी राख्ने र त्यसलाई ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । अन्य कुनै प्रकारको ‘लिक्विड वास’ प्रयोग गर्नु उचित हुँदैन ।

सुरुमा मोबाइलको कभर केस निकाल्ने । सहजताका लागि मोबाइल ‘स्विच अफ’ पनि गर्न सकिन्छ ।
त्यसपछि, माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्ने । जस्तै, चस्मा पुछ्ने कपडामा हल्का साबुनपानी राख्ने । कपडा ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । यसबाट मोबाइलको सतहमा रहेका कीटाणु र ओसिलोपन हट्छ । यसबाहेक, अन्य कुनै लिक्विड वास प्रयोग गर्नु उचित हुँदैन ।

मोबाइलको अघिल्लो र पछिल्लो भागमा ध्यानपूर्वक सफा गर्नुपर्छ । तर, मोबाइलका चार्जिङ पोर्ट, इयरफोनको पोर्ट तथा अन्य पोर्टबाट भने सजग रहनुपर्छ । यस्ता पोर्ट ओसिलो पार्नु हानिकारक हुन्छ


आइफोन प्रयोगकर्ताका लागि ७० प्रतिशत अल्कोहलको मात्रा भएको ‘आइसोप्रोपिल अल्कोहल वाइप्स’ प्रयोग गर्न मिल्ने एप्पल कम्पनीले सुझाएको छ।यस्ता ‘वाइप्स’ कम्प्युटर पसल तथा अनलाइनमा पनि पाउन सकिन्छ ।

साथै, मोबाइलको कभरमा पनि ‘इयर बर्ड’ले कुनाकप्चामा सफा गर्नुपर्ने हुन्छ ।
खाना खाँदा, ‘ट्वाइलेट’ जाँदा मोबाइलको प्रयोग गर्न बन्द गर्नुपर्छ । यसमा संक्रमणको कमी घट्छ, जुन हाम्रै स्वास्थका लागि आवश्यक छ । यसका साथै, मोबाइल चलाउनुअघि र पछि साबुनपानीले हात धुनुपर्छ ।





error: Content is protected !!