जाजरकोटमा २६६ जाँच , सबैको रिपोर्ट नेगेटिभ , डोल्पामा सुरु हुँदै

नन्दा शाही
जाजरकोट , जाजरकोटको विभिन्न स्थानीय तहमा गरिएको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणबाट २६६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिका , नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट २६६ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार नलगाड नगरपालिकामा ४३ , बारेकोट गाउँपालिकामा ५५, भेरी नगरपालिकामा ८४, छेडागाड नगरपालिकामा २३ र जुनिचाँदे गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको हो ।

भारत, खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरूकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको पन्तले अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । अन्य परीक्षणका लागि प्रदेशबाट किट मागेको र आउनेबित्तिकै जाजरकोटमा करिब पाँच सय स्थानीयको नमुना जाँच हुने बस्नेतले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटर्ले यापिड टेस्ट किडमार्फत कोरोनाको संक्रमण भए , नभएको पत्ता लगाउन खोज सुरु गरेको छ । रÞ्यापिड टेस्टमा कोरोना पोजिटिभ देखिए थप परीक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिनेछ ।

परीक्षणका लागि प्रदेश सरकारले तीन सय र्यापिड टेस्ट किड पठाएको छ । सात स्थानीय तह रहेको जाजरकोटमा प्रतिपालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली शंकास्पद खोज्दै गाउँ पुगेका छन् ।

त्यस्तै छिमेकी जिल्ला डोल्पामा डोल्पामा कोरोना भाइरस (कोभिड(१९) द्रुत परीक्षण गर्ने किट र उपकरण पुगेको छ । कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको हो । कोरोना आरडिटी परीक्षण किट १४० थान , मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिनुभयो ।

डा.रावलले स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको परीक्षण गर्न निर्देशन दिएको बताउनुभयो । जिल्लाको मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा केही तथ्याङ्क भएकाले डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली सम्बन्धीत स्थानीय तहमा गएर कोरानाको द्रुत परीक्षण गरिने सेवा प्रमुख डाक्टर रावलले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा पनि कोरोनाका द्रुत परीक्षण हुने तर सकेसम्म स्थानीय तहमा डाक्टरको टिम नै गएर द्रुत परीक्षण गर्ने उहाको बताउनुभयो । जिल्लामा ३ हजार भन्दा धेरै मानिस भित्रिएको भएपनि कुन स्थानीय तहमा कतिजना आए भन्ने तथ्याङ्क जिल्लामा छैन । भारतबाट आएका धेरैजसो माथिल्लो डोल्पामा गएका छन् तर यतिबेला माथिल्लो डोल्पामा परीक्षण गर्न भने निकै संभावना कम छ ।





error: Content is protected !!