पूर्वी पाल्पा स्वास्थ्यकर्मी व्यवसायी संघद्धारा मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण

सुशीला रेग्मी

वैशाख ३, पाल्पा ः पूर्वी पाल्पा स्वास्थ्यकर्मी व्यवसायी संघले मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण गरेको छ । बुधवार रामपुर नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच नगरपालिका कार्यालय, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय र संचार संस्थालाई मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण गरिएको हो ।

पूर्वी पाल्पा स्वास्थ्यकर्मी व्यवसायी संघका अध्यक्ष निरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमणबहादुर थापा रहनुभएको हो । प्रमख अतिथि थापाले जोखिम मोलेर काम गर्ने नगरपालिका कार्यालय, प्रशासन कार्यालय, प्रहरी, पत्रकारलाई मध्यनगर गर्दै सामग्री वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

कोरना भाइरस सङ्क्रमणबाट बच्ने उपाय भनेको घरभित्र बस्ने, एक अर्का संग नछोइने भएका भाइरसबाट सजग रहन सबैलाई आग्रह गर्दै नगर प्रमुख थापाले पहिलो चरणको राहत वितरणको कार्यक्रम सम्पन्न गरेकाले दोस्रो चरणका लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

चार सय थान मास्क, ७५ थान स्यानीटाइजर, आठ सय थान ग्लोब्स वितरण गरिएको संघले जनाएको छ । पूर्वी पाल्पा स्वाथ्यकर्मी व्यवसायी संघमा रामपुर नगरपालिका भित्रका १२ व्यवसायी स्वास्थ्यकर्मी आबद्ध छन् ।





error: Content is protected !!