यी हुन् कोभिड–१९ अघि देखिएका खतरनाक भाइरस


कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर १९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । तर, महामारीको रूपमा संसारभर फैलले भाइरसमा कोरोना पहिलो भने होइन । इतिहासमा थुप्रै यस्ता भाइरसको महामारी विश्वले भोगिसकेको छ । शताब्दीयौँदेखि इबोला र इन्फ्लुइन्जाजस्ता भाइरसको सामना गरेको विश्वलाई अहिले कोरोनाले जोखिममा पारेको छ ।

इबोला

अहिलेसम्म देखिएकामध्ये इबोला भाइरसलाई सबैभन्दा खतरनाक भाइरस मानिन्छ । सन् १९७६ मा मध्यअफ्रिकाबाट सुरु भएको यो भाइरसले अहिलेसम्म लाखौँ मानिसको ज्यान लिइसकेको छ । संक्रमितमध्ये ५० प्रतिशत मृत्युदर रहेको इबोला बाँदर, चिम्पान्जीजस्ता जनावरबाट मानिसमा सर्ने अध्ययनले देखाउँछ । ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने, रक्तस्राव हुने र कमजोरीपन आदि इबोलका लक्षण हुन् ।

अहिलेसम्म देखिएकामध्ये इबोलालाई सबैभन्दा खतरनाक भाइरस मानिन्छ । सन् १९७६ मा मध्य अफ्रिकाबाट सुरु भएको यो भाइरस संक्रमितमध्ये ५० प्रतिशत मानिसको मृत्यु भएको छ ।

स्पेनिस फ्लु

सन् १९१८ मा संसारभर महामारीको रूपमा फैलिएको स्पेनिस फ्लुबाट ५० करोड मानिस प्रभावित भएका थिए भने ५ करोडको ज्यान गएको थियो । स्पेनिस फ्लुलाई दि ग्रेट प्लेगपछिको मानव इतिहासकै सबैभन्दा ठूलो महामारी मानिन्छ । पहिलो विश्वयुद्धको समयमा देखिएको स्पेनिस फ्लु अन्य भाइरल संक्रमणभन्दा फरक थियो । स्पेनिस फ्लुको संक्रमण भएमा शरीरमा नीला दाग देखिने, फोक्सोमा तरल पदार्थ जम्मा हुने, नाकबाट रगत बग्ने हुन्थ्यो । त्यसपछि बिरामीको मृत्यु हुने गथ्र्यो ।

हान्ता भाइरस

हान्ता भाइरस एक किसिमको मुसाबाट सर्ने भाइरस हो । यो विभिन्न किसिमको हुने गर्छ । अमेरिकामा पाइने यो भाइरसलाई ‘न्यु वल्र्ड’ भन्ने गरिन्छ, जसको संक्रमणबाट पल्मोनरी सिन्ड्रोम अर्थात् एचपिएसको समस्या हुने गर्छ । हान्ता भाइरसको संक्रमण हुँदा मानिसमा थकान महसुस हुने, ज्वरो आउने, मांशपेसी दुख्ने र बिस्तारै श्वासप्रश्वासमा समस्या आएर मृत्युसमेत हुने गर्छ ।

त्यस्तै युरोप र एसियातिर पाइने हान्ता भाइरसलाई ‘ओल्ड वर्ल्ड’ नामले चिनिन्छ । यो भाइरसको संक्रमण हँुदा रेनल सिन्ड्रोम अर्थात् एचएफआरएसको समस्या निम्तिन्छ । साथै, ज्वरो आउने, श्वासप्रश्वासमा गम्भीर समस्या देखिने, अत्यधिक टाउको, कम्मर र गर्धनको दुखाइ हुने तथा दृष्टि धमिलो हुँदै जानेजस्ता लक्षण देखिन्छन् । हान्ता भाइरस बिरलै हुने समस्या भए पनि यो निकै घातक हुने गर्छ ।

सार्स कोभिड

सार्स कोभिड सन् २००२ नोभेम्बरमा दक्षिण चीनबाट सुरु भएको थियो । यो एउटा वंशाणुगत रोग हो, जुन बिरालोबाट मानिसमा सरेको थियो । सार्स कोभिड र कोभिड–१९ उस्ताउस्तै प्रकृतिका भाइरस हुन् । सार्स कोभिड मानिसबाट मानिसमा सर्र्ने गर्छ । यस रोगबाट उमेर समूह र स्वास्थ्य अवस्थाका आधारमा संक्रमितमध्ये ५० प्रतिशत मानिसको मृत्यु हुन सक्छ । विशेषगरी, स्वासप्रश्वासमा समस्या, पखाला लाग्नु यसका लक्षण हुन् । यसका पनि प्रायः अन्य फ्लुकै जस्ता लक्षण देखिन्छन् ।

रेबिज

रेबिज जंगली जनावर र कुकुरको टोकाइबाट सर्ने घातक रोग हो । रेविज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने हुँदा छोटो समयमा नै यसले मस्तिष्कमा असर पु¥याउँछ । सामान्यतया, लक्षण नदेखिने यो भाइरस समयमै उपचार गर्न नसकेमा निकै घातक हुने गर्छ । पहिलोपटक इसापूर्व २३०० मा बेबिलोनको मोजाइक इस्मुनामा देखिएको यो भाइरस पछिल्लो सय वर्षमा विश्वभर फैलिएको थियो ।
कोकोलिज्ट्लाई

कोकोलिज्ट्लाई मेक्सिकोमा देखिएको खतरनाक भाइरस हो । सोह्रौँ शताब्दीको मध्यतिर देखिएको यो भाइरस मुसाबाट मानिसमा सरेको थियो । त्यो समयमा मेक्सिकोमा परेको खडेरीका कारण अत्यधिक फैलिएको यो भाइरसबाट करिब एक करोड मानिसको ज्यान गएको तथ्यांक छ । अत्यधिक ज्वरो आउने, रक्तस्राव हुने, जिब्रो, पिसाब र कोशिकामा समस्या देखिने, आँखा तथा नाकबाट रगत बग्नेजस्ता लक्षण देखिएपछि मानिसको मृत्यु हुने गर्छ ।

दादुरा

दादुरा एक संक्रामक रोग हो । यसले छाला, श्वासप्रश्वास र प्रतिरक्षा प्रणालीमा असर पु¥याउँछ । सन् १७६५ मा अमेरिकाबाट सुरु भएको यो भाइरसबाट बालबालिका बढी प्रभावित हुने गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, सन् १९६३ मा दादुराको खोप बनेको थियो, त्यतिवेलासम्म दादुराको कारणबाट विश्वभर २६ लाखको मृत्यु भइसकेको थियो ।

डेङ्गु

डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडेस जातको लामखुट्टेले डेङ्गु भएकालाई टोकेर यो रोग सर्ने गर्छ । यो रोग लाग्दा ज्वरो आउने, रिगंटा लाग्ने, मांशपेसी दुख्ने, बान्ता हुने, कमजोरीपन देखिने, छालामा राता दाना देखिने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता लक्षण देखिन्छन् । बिस्तारै नाकबाट रगत बग्ने, रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेट्सको संख्यामा कमी आउने र रक्तचापमा समस्या देखिने हुँदा घातक हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, एसियामा धेरै देखिने यो भाइरसबाट विश्वभरमा प्रत्येक वर्ष ३.९ अर्ब मानिस जोखिममा हुने गर्छन् । यीबाहेक रोटाभाइरस, एचआइभी, पोलियो, स्वाइनफ्लु, बर्डफ्लुजस्ता रोगले पनि मानव इतिहासमा महामारीको रूप लिइसकेका छन् ।





error: Content is protected !!