कोरोनाबाट बच्न गर्भवतीले अपनाउनुपर्ने सावधानी

विश्वराज दवाडी, फेमिली फिजिसियन
कोरोना भाइरस (कोभिड–१९) नितान्त नयाँ रोग हो । यो गत वर्षको डिसेम्बर अन्तिममा देखापरेको थियो । रोगले संक्रमणको रूप लिएको तीन महिना मात्र भएकाले यससम्बन्धी गहन अध्ययन भएका छैनन् । यो रोग मानिसको (याल, थुक, खोक्दा वा हाच्छ्युँ गर्दा आएका छिटा आदिबाट एकअर्कामा सर्ने गर्छ ।

आमाबाट बच्चामा कोरोना भाइरस सर्छ सर्दैन भन्नेबारे गहन अध्ययन भने भएको छैन । यद्यपि केही समयअघि बेलायतमा कोरोना पोजेटिभ भएको बच्चा जन्मिएको थियो ।

गर्भवती अवस्था एकदमै संवेदनशील हुन्छ । योवेला महिलाको शारीरिक अवस्था कमजोर हुनुको साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने गर्छ । त्यसैले, विभिन्न रोगबाट चाँडै नै संक्रमण हुने सम्भावना बढी रहन्छ । यसर्थ गर्भवती महिलाले यस्तोवेला सजग रहनुपर्छ ।

यस्ता सजगता

बाहिरी मानिसको सम्पर्कमा नआउने ।
साबुनपानीले नियमित हात धुने ।
सरसफाइमा विशेष ध्यान दिने ।
अरूले प्रयोग गरेका रुमाल, टाबेल प्रयोग नगर्ने र अरूलाई पनि आफ्नो रुमाल, टाबेल प्रयोग गर्न नदिने ।
रेगुलर चेक गराउनुहुन्छ । यद्यपि, यस्तोवेला चेक गर्न अलि ढिलो जाँदा पनि हुन्छ । किनकि, अहिले संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले कुनै जटिल अवस्था नआएसम्म अस्पताल नजाँदा नै उत्तम हुन्छ ।
आराम गर्ने भनेर बेडमा नै सुतिराख्ने गर्नुहुँदैन । बरु त्यसको साटो कौसीसम्म हिँड्ने र सकेको काम गर्नुपर्छ ।
गर्भवतीले जे खायो बच्चाले पनि त्यहीबाट पोषण पाउने गर्दछ । यसर्थ, यस्तोवेला पौस्टिक खानेकुरा बढी खाने गर्नुपर्छ ।
क्याल्सियम र आइरन चक्की नियमित मात्रामा प्रयोग गर्नुपर्छ ।
तल्लो पेट दुखेमा, रगत देखिएमा वा कुनै जटिल समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्छ ।





error: Content is protected !!