तथ्यांक संकलन हुँदै ः कहिले पाउँछन् गरीवले राहत ?


नन्दा शाही
जाजरकोट , २९ चैत ः नयाँ बाली नपाकेको र पुरानो बाली सकिएको वेला ‘ लक डाउन’ हुदा जाजरकोटका गरीव घर परिवार समस्यमा परेका छन् ।
आफ्नै उत्पादनले ६ महिना खाना नपुग्न यहाँका स्थानीयवासीहरु कोरोना भाईरस (कोभिड –१९) कारण ‘ लक डाउन’ हुँदा खाद्यान्न जोहो गर्न पाएका छैनन् । गाउँमै पौँचो गरेर खादा , खाँदा हैरान भएको उनीहरुको भनाई छ ।
छिमेकीको घरमा पनि आफ्नो घर जस्तै खाद्यान्न संकट पर्दा कसरी दैनिक छाक टार्ने भन्नेमा चुनौती थपिएको बारेकोट गाउँपालिका – शान्ति नेपालीले बताउनुभयो । दैनिक काम गदै नजिकै पसलबाट खाद्यान्न लिएर खाने गदै आएका नेपाली अहिले पसलमा उद्यारो खाद्यान्न नदिदा समस्य भएको छ ।
नेपालीले भन्नुभयो ,“कमाई गर्न भारत गएका छोराबुहारी आउन पाएनन्, आफूले पाएको एकल महिला भत्ता पनि साहुको ऋण तिरे । अहिले खानाको जोहो गर्न निकै समस्या छ ।” उहाँ जस्तै अयर्ना गाउँकी पवित्रा नेपालीको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो , “ साहुको ऋण काढेर श्रीमान कमाई गर्न भारत जानुभयो , चैत्र महिनामा आउने भन्दै हुनुहुन्थ्यो , तर गाडीको टिकट काटेका मान्छे लकडाउन पछि आउनु भएन ।”
खाद्यान्न सकिए अव के गर्ने भन्दै उहाँले थप्नुभयो , “ मकै राखेको भकारी रित्तो भयो , चार छोराछोरीलाई कसरी साँझ विहान कसरी खाना खुवाउनु , मालिक छिटो कालापारबाट आएको भए केही हुँने थियो । ” अयर्ना गाउँकै तोल्मा नेपाली ‘लक डाउन’ अघि गाउँका विकास निर्माणका काम गरेर आएको कमाईले छोरा, छोरी पेट भेरी खाना दिने काम भएको थियो अहिले समस्य भईसक्यो ।
उहाँले भन्नुभयो “ छोरा ,छोरी म आफैले कसरी खानाको व्यवस्थाप गर्ने , कमाई गर्ने श्रीमानको पनि ज्यान गइसक्यो अहिले घर व्यवहार देखि सवै जिम्म मेरो नै छ । ”
दैनिक मजदुरी गरेर छाक टार्ने र वर्षेनी भारत गएर कमाएर ल्याएको पैसाले खाद्यान्न , लत्ता कपडा गरिद गर्ने यहाँका दलित समुदायको वाध्यता नै हो । बारेकोट गाउँपालिकाले अझै गरीव परिवारको लागत संलन गरी नसकेको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै ४ सय जती घरधुरी गरिवीको रेखामुनी रहेको अनुमान छ । उत्ता गाउँपालिकाले कहिले राहत दिन्छ होला भन्दै पर्खाईमा बसेको स्थानीयवासीको भनाई छ ।
कुशे गाउँपालिकामा पनि सोही समस्य छ । गाउँपालिकाले गरीव घरधुरी छान्दा १७० घर बनाएको थियो , अहिले गाउँपालिकामा १ हजार भन्दा बढी घरधुरीको मौखिक माग आएको छ कसरी व्यवस्थापन गर्ने हालत खराव भईसकेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।
त्यस्तै भेरी नगरपालिकाले पनि राहत वितरणको काम सुरु गरेको छैन । छेडागाड नगरपालिकाले सवै गरीव नै छन् , कसलाई दिने कसलाई नदिने ? सवैलाई दिदा बजेट नै पुग्दैन समस्य भईसक्यो नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो । यत्ता नलगाड नगरपालिकाले गरीव घरधुरीको पहिचान गरी सकेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत सरेन्द्र सिंहले भन्नुभयो , “ वडा ८ बाट राहत वितरणको काम सुरु भईसक्यो , त्यहाँ ५७ जनालाई दिइएको छ । ”
जुनिचाँदे गाउँपालिकामा राहत वितरणको काम सुरु भएको छैन । सवै भन्दा बढी खाद्यान्न संकट पर्ने क्षेत्रका रुपमा यो गाउँपालिकालाइ लिईन्छ । शिवालय गाउँपालिकाले १५० जना गरीव परिवार छनोट गरी राहत वितरणको काम सम्पन्न गरीसकेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।
राहत वितरणको काम सवै भन्दा अघि सम्पन्न गर्नेमा शिवालय गाउँपालिका रहेको छ भने त्यसपछि नलगाड नगरपालिका पर्दछ । अन्य स्थानीय तहमा लागत संकलनको काम चलिरेहेको बताएको छ । त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाले मात्र अहिले सम्म लागत संकलनको काम सुरु गरेको बताएको छ ।








