पाल्पामा क्वारेन्टाइनमा बसेका ४४ जनाको रिपोर्ट नेगेटिभ

—सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ चैत ः पाल्पाका विभिन्न स्थानका क्वारेन्टाइन कक्षमा बसेका ४४ जनामा कोरनाको सङ्क्रमण नभएको पाइएको छ ।

रामपुर, पूर्वखोला, रैनादेवी छहरा, रिब्दिकोटमा चौध दिनको समय पुरा भएका नागरिकको ¥यापिड डाइगोनस्टिक परिक्षण पश्चात कोरना भाइरस सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरना भाइरसको सङ्क्रमण नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई घर पठाइएको छ । रामपुर नगरपालिकाका नौ, पूर्वखोला गाउँपालिकाका २१, रैनादेवी छहरा गाउँपालिकाका ११ र रिब्दीकोट गाउँपालिकाका तीन जना रहेका छन् ।

क्वारेन्टाइन कक्षबाट घर फर्केका नागरिकलाई थप एक हप्ताको होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

कोरना भाइरसबाट सजग रहन भारत लगायत विभिन्न मुलुकबाट गाउँ भित्रिएका नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइन कक्षमा राखेको थियो । ¥यापिड डाइगोनस्टिक परिक्षणका पाल्पामा दुई टोली परिचालन गरिएको छ ।

स्थानीयले तहले भारत लगायत विभिन्न मुलुकबाट गाउँ फर्केका नागरिकको बिशेष निगरानीका साथ क्वारेन्टाइन कक्षमा राखेको छ । ¥यापिड डाइगोनस्टिक परिक्षण पश्चात कोरनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँका नागरिकहरु खुशी भएका छन् ।

रामपुर नगरपालिकाको क्वारेन्टाइन कक्षमा चैत १३ गते देखि बसेका नौ जनाको मात्र १४ दिनको समय पुरा भएकाले ¥यापिड डाइगोनस्टिक परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

रामपुर १ को क्वारेन्टाइन कक्षमा बसेका तीन जना एक हप्ता अघि समयावधी पुरा भएपछि घर फर्किसकेका छन् । हाल रामपुरको क्वारेन्टाइन कक्षमा नौ जना रहेका छन् ।

रामपुर नगरपालिका वडा नं ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन कक्षमा बसेकाको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराई र युनाइटेड मिसन अस्पताल पाल्पाका ल्याब टेक्निसियन महेन्द्र कार्कीले ल्याव टेस्ट गर्नुभएको हो । रामपुरमा चैत २७ गते छ जनालाई क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको छ । यस्तैगरी रामपुर नगरपालिका ३ को जनविकास मावि रजघराको क्वारेन्टाइन कक्षमा एक जना नागरिकलाई राखिएको नगरपालिकाले जनाएको छ ।





error: Content is protected !!