स्वास्थ्य राज्यमन्त्री रावतले स्वास्थ्य सामग्री हस्तान्तरण

इन्द्र बुढाथोकी
सल्यान ,  स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्री नवराज रावतले शनिवार बनगाड कुपिण्डे नगरपालिकामा कोरोना भाइरस सम्बन्धि सामग्री हस्तान्तरण गर्नु भएको छ ।

स्वास्थ्य राज्य मन्त्री रावतले बनगाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकिमा आज पीपीई ४ सेट, सर्जिकल मास्क २५० थान, सनिटाइजर ५ , एमएलका ५ वटा र २ सय एमएलका १ वटा सामग्री दिनु भएको छ । सामग्री हस्तान्तरण गर्दै राज्य मन्त्री रावतले अब छिटै मास्क र थर्मलगनगण पठाइने जानकारी दिएका छन ।

नगर प्रमुख गोविन्द कुमार पुनले आफ्नो नगरपालिका अब छिटै स्वास्थ्य सामग्रीरूपमा आवश्यक पर्ने सामग्रीहरु छिटै व्यवस्था गरिदिन अनुरोध गर्नु भएको छ । साथै राज्य मन्त्री रावतले नगरपालिकाले बनाएको २० शौयाको क्वारेन्टाइनपनि अनुगमन गर्नु भएको छ । नगर प्रमुख पुनले अब छिटै ४० शौयाको क्वारेन्टाइन बनाइने पनि बताउनु भएको छ ।

साथै आज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले पनि क्वारेन्टाइनमा आवश्यक पर्ने कम्मल २५ थान, बाल्टिन ४ थान, त्रीपाल २ थान, मग ४ थान र साबुन १० वटा कर्णाली प्रदेश सदस्य गणेश विसीले नगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।





error: Content is protected !!