रक्तश्रावका कारण सुत्केरीको मृत्यु

नन्दा शाही
जाजरकोट , २८ चैत ः सुत्केरी भएको ६ घण्टा सम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २२ वर्षीय लालुकुमारी रोकायको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी सम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरीएको र जनिक स्वास्थ्य संस्था समेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । असुरक्षित रुपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिनुभयो ।

मृतक रोकायको तेस्रो बच्चा जन्म दिएकी थिईन् । आमाको मृत्यु भएपनि छोरी स्वास्थ्य अवस्था राम्रो भएको बताएको छ ।





error: Content is protected !!