सर्वसाधारणलाई घर जान दुई दिन सवारी चलाउने निर्णय

काठमाडौं । लकडाउनका कारण अलपत्र अवस्थामा रहेका सर्वसाधारणलाई सरकारले घर जानका लागि आगामी शुक्रवार र शनिवार दिने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीवार बसेको कोरोना रोकथाम तथा न्यूनिकरण उच्चस्तरीय समितिले दुई दिनका लागि उपत्यका बाहिर जानका लागि सवारी चलाउन दिने निर्णय गरेको हो ।
सरकारले लकडाउनको अवधि लम्ब्याएपछि काठमाडौं उपत्याकामा मानिसहरु अलपत्र परेका थिए भने कतिपय सर्वसासधारण पैदलनै घरजान बाध्य थिए ।
अहिले कलकारखाना,विद्यालय तथा निर्माणका कामहरु बन्द भएकाले विशेषगरी विद्यार्थी, सर्वसाधारण तथा मजदूरहरु हिडेरै घर जान बाध्य थिए ।
सरकारले छोटो दुरिका यातायात चलाउने भन्ने बारेमा अहिल्यै केहि निर्णय नगरेता पनि उपत्याकाभित्र बाहिरका यात्रु भने आउन नपाउने निर्णय गरेको छ ।










