कोरोनाका बिरामी जाँच्नुपर्छ भनेर अस्पताल नै नजाने पाँच डाक्टर बर्खास्त

कोरोना (कोभिड– १९)को महामारीमा बिरामीको सेवामा झन् खटिनुपर्ने डाक्टर अस्पताल नै नगएपछि कारबाहीमा परेका छन् । प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत पाँच डाक्टर बर्खास्तीमा परेका हुन् ।

डा वरदान वली, डा ताराप्रसाद शर्मा, डा प्रकाश न्यौपाने, डा सुवासचन्द्र चौधरी र डा। प्रकृति कार्कीलाई सेवाबाट हटाएको अस्पतालले जनाएको छ । उपचारमा खटिन आनाकानी गर्ने मात्रै होइन, विनाजानकारी अस्पताल नै नआएपछि सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।





error: Content is protected !!