मन्त्री बस्नेतले उपलव्ध गराए जाजरकोटमा स्वास्थ्य सामग्री

नन्दा शाही
जाजरकोट ,  कोरोना भाईरस ( कोभिड –१९) बाट जोगिन र जोगाउन लागि बिभिन्न स्वास्थ्य सामग्री वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उपलल्ध गराउनुभएको छ ।


मन्त्री बस्नेतका स्वकिय सचिव मुक्ती बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत स्वास्थ्य सेवा कार्यालयमा हस्तान्तरण गर्नुभएको हो । क्वारेन्टाईमा आवश्यक पर्ने अत्यधुनिक १२ सेट वेड , १०० थान गज , १० थान थर्मलगण , व्यक्तिगत सुरक्षा सामग्री ( पीपीई ) १४० थान , गाउन १० थान , १ हजार ७ सय मास्क उपलव्ध गराएको छ । त्यस्तै डिडोल सावुन १ काटुन , ग्लोप्स ४५० थान र डिटोल लिकुईट हेण्ड वास २ काटुन उपलव्ध गराएको छ ।


त्यस्तै उहाँकै सक्रियतामा स्वास्थ्य मन्त्रालयबाट गाउन १५ थान , १३० पंञ्जा , १५ फेस सिल्ड , १५ वटा क्याप सर्जिकल ,१५ वटा फेस मास्क , १५ थान सू कभर पनि हस्तान्तरण गरिएको छ ।

त्यस्तै निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रत्न खड्काले १०० थान बिभिन्न स्वास्थ्य साधनहरु स्वास्थ्य सेवा कार्यालय र पालिकामा उपलव्ध गराउनुभएको छ ।

आजै सवै सामग्रीहरु सवै स्थानीय तहमा पुग्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।





error: Content is protected !!