जाजरकोटका सबै स्थानीय तहमा कोरोना विपद् कोष

हेमन्त केसी
जाजरकोट , २५ चैत ः कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विपद् सामना गर्न जिल्लाका ७ वटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगरपालिका तथा चार गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् ।

गाउँपालिकाहरूमा नलगाड नगरपालिकाले २१ लाख , छेडागाड नगरपालिकाले ३५ लाख र भेरी नगरपालका ९० लाख बजेट कोषमा राखेका छन् । यसैगरी जुनिचाँदे गाउँपालिकाले रु १० लाख, बारेकोट गाउँपालिकाले रु २० लाख ,शिवालय गाउँपालिका रु २० लाख  कोरोना कोष स्थापना गरेको छ ।   १५० जना गरीव , दैनिक ज्यालादारी गरी छाक टार्ने सर्वसाधारण लाई राहत स्वरुप १ बोरा चामल , नुन , तेल बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भरी सवैलाई २ वटाका दरले सावुन , सवैलाई मास्क वितरण गरिएको छ । र कुशे गाउँपालिकाले ३० लाखको कोष स्थापना गरेका छ ।

पालिकाको आग्रहमा विभिन्न व्यक्ति, व्यवसायी तथा सरोकारवालाले पनि कोषमा रकम जम्मा गर्न आग्रह समेत गरिएको छ । जुनिचाँदे गाउँपालिकाले जनप्रतिनिधिको तलव , विपत कोषमा जम्म गर्ने निर्णय गरेको छ ।

नलगाड नगरपालिकाले कर्मचारीहरुको तहगत रुपमा कम्तिमा ५ दिन बराबरको तलव जम्म गर्ने निर्णय गरेको छ ।  कुशे गाउँपालिका रहेका गरीव तथा बिपन्न र दैनिक ज्यालादारी गरी छाक टार्ने १९० घरपरिवार रहेको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिनुभयो । कोरोनाको संक्रमण रोक्न सरकारले घोषणा गरेको ‘लक डाउन’का कारण आपतमा परेका अति विपन्न तथा दैनिक ज्यालादारी गरी खानेलाई दिन लागिएको हो । प्रति परिवार ५० केजी चामल र एक पोका नुन दिने गाउँपालिकाले निर्णय गरेको छ ।

उक्त कोषको रकमलाइ महामारीका वेला समस्यामा परेका जनताको उपचार तथा सहयोग एवं उनीहरुको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाइ प्रोत्साहन भत्ता दिन खर्च गरिने अध्यक्ष वस्नेतले बताउनुभयो । गाउँपालिकाको आफनो खर्चमा मास्क, सावुन तथा अन्य सुरक्षाका सामग्रीहरु जनताको घर घरमा पुगेर वितरण गर्ने काम भइरहेको अध्यक्ष वस्नेतले बताउनुभयो । कोरोनाको सम्भावित संक्रमण र अन्य महामारीलाइ मध्यनजर गरी १० वटा विरामी राख्ने सर्जिकल वेड र पुर्व सभाषद राजिवविक्रम शाहले दिएका ५ वटा गरी १५ वेडहरु व्यवस्थापन गरिएको बताउनुभयो ।

गाउँपालिकाका नायव सुव्वा उदयका अनुसार हाल सम्म गाउँपालिकामा ६ हजार ५ सय ५० वटा सर्जिकल मास्क , ३ सय ६ थान सेनिटाइजर, ३५ वटा डिटोल सावुन, ७ हजार ३ ८० लाइफवोइ सावुन, ४ वटा फिल्टर, १ हजार ७ सय ४५ वटा सर्जिकल ग्लोवहरु , २० हजार जनचेतनामुलक पोस्टर पम्पलेटहरु, ९० वटा फलेक्स वोर्डहरु, १५ जोर गम वुटहरु, १६ वटा पलास्ट्रिक वाल्टीनहरु वितरण गरिएको छ ।

त्यस्तै बारेकोट गाउँपालिकाले कार्यपालिकाको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण बिपद व्यवस्थापन कोष–२०७६ मा पालिका तथा वडा कार्यालयमा कार्यरत स्थायी तथा करार सबै कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्थायी तथा करार सबै स्वास्थ्यकर्मी, पालिका भित्रका सबै विद्यालयमा कार्यरत स्थायी, करार र राहत सबै शिक्षकहरुबाट श्रेणी अनुसार उपसचिव सरहबाट सात दिन, शाखा अधिकृत स्तरबाट पाँच दिन र राजपत्र अनंकृत तहका कर्मचारीबाट तीन दिन बराबरको तलब काटेर उक्त कोषमा रकम जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो ।

भाइरस संक्रमण भएको बिरामी पहिचान भएमा बिरामीको उद्धार तथा औषधी खर्च, संक्रमण नियन्त्रणको काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी समेत गरी पालिकाबाट ५ जना र वडाबाट १ जनालाई दैनिक ५० प्रतिशत प्रोत्सान भत्ता उपलब्ध गराउने निर्णय गरिएकोे छ ।

संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा खटिएका अध्यक्ष र वडा सदस्यहरुलाई पनि दैनिक रु ५ सय रुपैया भत्ता उपलब्ध गराईने भएको छ । जनचेतनामुलक कार्यक्रम संचालन गर्न, प्रचार–प्रसार तथा माईकिङ्ग लगायतका कामको लागि बैठकले प्रति वडालाई ५० हजारका दरले चालु खर्चमा समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

चालु खर्चमा समावेश गरिएको बजेटलाई वडा समितिले लकडाउनको समयमा जिल्ला बाहिर रहेका नागरिकहरुको उद्धार गर्नुपरेमा, ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका नागरिकहरुलाई लकडाउनको समयमा भोकै बस्नुपर्ने स्थिति सृजना भएका दाल, चामल, नुन, तेलको व्यवस्था गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

भेरी नगरपालिकाले नगरभित्रका ५६ टोलमा टोल स्तरीय छरितो प्रतिकार कार्यदल गठन गरेको छ । भारत लगायतका देशबाट मानिसहरु जिल्लामा भित्रिरहेको र उनीहरुबाट कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेतनाका लागि टोल टोलमा प्रतिकार कार्यदल गठन गरिएको हो ।

५६ वटा कोरोना प्रतिकार कार्यदलमा दुई सय ८० जनालाई समेटिएको छ । १३ ओटा वडामा गरी ३९ जना जनशक्ति परिचालित भएका छन् । नगरपालिकाले सवै गरी एकै पटक तीन सय २७ जना ब्यक्ति परिचालित गरिएको छ । भेरीमा भारत र अन्य मुलुकबाट हालै आएका ६० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।





error: Content is protected !!