प्रदेश सरकारलाई स्थानीय सरकारको गुनासो ः मन्त्रीज्यू हतियार विना फिल्डमा खटाउने ?

हेमन्त केसी
जाजरकोट , २३ चैत ः कर्णाली प्रदेशका १० वटा जिल्लामा कोरोना भाईरस ( कोभिड –१९) रोकथान तथा नियन्त्रणका लागि भए गरेका कामको निरीक्षण तथा समस्य वुझन प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा दौडमा निस्किएका छन् ।


प्रदेश सरकारले १० वटा जिल्लामा कोरोनाबाट जोगिनका लागि वजेट निकासा गरेसँगै सवै जिल्लामा अनुगमण , निरीक्षण गदै मन्त्रीहरु पुगेका हुँन् । हेलिकोप्टरबाट डोल्पा , हुम्ला र मुगुमा औषधी , व्यक्तिगत सुरक्षा सामग्री (पीपीई ) अन्य सामग्री पठाएको कर्णाली प्रदेश सरकारले अन्य यातायातको पहुँच हुँने ठाउँमा स्थलगत रुपमा सामग्री पठाएको थियो ।


पठाएका सामग्रीहरु सदुपयोग भए ,नभएको र स्थानीय सरकारले गरेको काम , कारवाहीका विषयमा जानकारी लिन मन्त्रीहरु जिल्ला जिल्लामा पुगेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । शनिबार सल्यान र रुकुम पश्चिम अनुगमण गरेको मन्त्रीको टोलीले आईतबार जाजरकोटका सवै पालिकाका प्रमुख तथा जिल्लाका अधिकारीसँग छलफल गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी , सामाजिक विकासमन्त्री दल रावल जाजरकोट आएर जिल्लाको सातै तहको तयारीका विषयमा जानकारी लिनुभएको थियो । कर्णाली प्रदेशका सवै जिल्लामा प्रदेश सरकारले उपलव्ध मेडिकल सामग्रीहरु पठाईसकेको प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।


त्यस्तै सामाजिक विकासमन्त्री दल रावलले चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न अनुरोध गदै भन्नुभयो , “ तपाईहरुको साथमा हामी छौँ , ढुक्कताका साथ काम गर्नुहोस , समस्य परेको ठाउँमा हामीले हेलिकोप्टरबाट सेवा समेत दिने छौँ । ”

त्यस्तै सदरमुकामको स्वास्थ्य सेवा कार्यालयद्धारा निर्माण गरिएको १२ शैयाको आइसोलेशनको अनुगमण , भेरी नगरपालिकाले त्रिभुवन माविमा निर्माण गरेको क्वारेन्टाईनको समेत अवलोकन गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालयमा ज्वारो नाप्ने थर्मलगण अहिले सम्म नपुगेको भन्दै मन्त्रीको आलोचना समेत भएको छ ।

त्यस्तै जिल्लाका सातै तहका सरकार प्रमुखले हतियार विना कसरी काम गर्ने भन्दै मन्त्रीद्धय सँग गुनासो समेत गरेका छन् । फिल्डमा काम गर्न जाउ भन्ने तर हतियार नै नभएपछि कसरी काम गर्नु नलगाड नगरपालिकाका नगरप्रमुख प्रमुख टेकबहादुर रावलले गुनासो गर्नुभयो ।

स्थानीय स्रोत र साधनले भ्याएजती काम गरेको अर्का छेडागाड नगरपालिकाका नगरप्रमुख प्रमुख लालबहादुर महतराले बताउनुभयो । केही नेताको पहुँचको भरमा मानिसहरु जथाभावी पठाउदा स्थानीय तहमा समस्य भएको स्थानीय तहका प्रमुखहरुको गुनासो रहेको छन् ।

लक डाउनको उल्लंघन गरी पठाएका मानिसहरुले गाउँमा समस्या परेको उहाँहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले दोस्रो तथा तेस्रो मुलुकबाट जाजरकोटमा २३० जना आएको बताउनुभयो । आएका सवै होम क्वारेन्टाईनमा वसेको उहाँको भनाई छ ।

त्यस्तै प्रत्येक वडामा ५ वटाका दरले क्वारेन्टाईन निर्माणको कामलाई गती दिएर अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । देशका बिभिन्न ठाउँबाट १ हजार भन्दा बढी मानिसहरु जाजरकोट आएका , डोल्पाबाट १५० , ३०० जना जिल्ला बाहिर गएको उहाँको भनाई छ । त्यस्तै १३६ वटा क्वाराइन्टाईन निर्माण भएको छ । १२ वटा आईसोलेशन समेत निर्माण गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो ।

जिल्लामा ५३ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीर्ई) प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताउनुभयो । १ हजार ४ सय क्वीन्टल आयोडिन यूक्त नुन मौजदात रहेको छ । निजि क्षेत्रको वजारले २ हप्ता सम्म पुग्ने खाद्यान्न रहेको उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो ।

यहाँले स्थानीय सरकारले खाद्यान्न र अन्य वस्तुहरु खरिद गर्दा स्थानीय वजारबाट खरिद गरी लक डाउनको समयमा सुकेको व्यापारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । आज मात्र जिल्लामा २१२ वटा ग्यासका सिलिण्डर आएको बताएको छ ।

त्यस्तै राष्टियसभा सदस्य मायाप्रसाद शर्माले कोरोना विरुद्ध लड्का लागि सवैले आ आफ्नो ठाउँबाट निर्मतापुर्वक लाग्नुपर्ने भयो । उहाँले भन्नुभयो , हामीले आफ्नो लागि आफैले सचेत बन्नुपर्ने अवस्था छ , त्यसैले आफु बच्यौ र अरुलाई बचाउ । नाफाको जिन्दगी रहेको भन्दै शर्माले बाँकी जीवन पनि देश र जनताको पक्षमा सुम्पिएको बताउनुभयो ।

त्यस्तै कांग्रसका यूवा नेता बेदराज सिंहले हामी जटिल मोडमा पुगेको भन्दै सचेत बन्नुपर्ने बताउनुभयो । नेकपाका अध्यक्ष ढकबीर रानाले कसैको माया , ममता नमानी हामी कोरोनाका विरुद्धमा लड्नुपर्ने बताउनुभयो । हामी जती हेल्चक्याई गछौँ उती कोरोनाको सिकार हुँने भएकाले कडा भएर लाग्नुपर्ने बताउनुभयो ।





error: Content is protected !!