आजको राशिफल ः कर्कट उत्तम, कुम्भ अत्युत्तम

मेष ः दिन सार्थक रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । बौद्धिक काम हुनेछ । शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धा सार्थक हुनेछ ।

वृष ः दिन प्रतिकूल रहनेछ । उच्च खर्च र बड्प्पनले असर पार्नेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

मिथुन ः दिन सार्थक रहनेछ । सशक्त निर्णय र कार्यान्वयन हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कीर्ति फैलिनेछ ।

कर्कट ः दिन उत्तम रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । कामप्रति जोश जाँगर बढ्नेछ ।

सिंह ः दिन भाग्योदयकारक रहनेछ । व्यक्तित्व विकास हुनेछ । चिन्तन प्रधान काम गरिनेछ । सबैतिरबाट लाभैलाभ मिल्नेछ ।

कन्या ः दिन प्रतिकूल रहनेछ । उच्च खर्च हुनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । आँटेको काम बन्न कठिन हुनेछ ।

तुला ः दिन लाभदायक रहनेछ । आत्मोनति हुनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आम्दानी प्रशस्त हुनेछ ।

वृश्चिक ः दिन उत्तम रहनेछ । बुद्धि विकास हुनेछ । विषयगत क्षेत्रमा प्रभाव बढ्नेछ । आदर सत्कार मिल्नेछ ।

धनु ः दिन उचित रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । दानुण्यले मनमा सन्तोष मिल्नेछ । अरुबाट सहयोग पाइनेछ ।

मकर ः दिन प्रतिकूल रहनेछ । आफन्तमा कुनै अप्रिय घटना घट्नसक्छ । होशियार हुनु पर्ने देखिन्छ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

कुम्भ ः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक सहयोग पनि पाइनेछ । रमाइलो वातावरण बन्नेछ ।

मीन ः दिन उत्तम रहनेछ । शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।





error: Content is protected !!