गरीव तथा विपन्नलाई शिवालयले बाँड्यो खाद्यान्न


हेमन्त केसी

जाजरकोट ,  दैनिक ज्यालादारी गरी विहान , वेलुकीको छाक टार्ने शिबालय गाउँपालिकाका १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरिएको छ ।

 
गाउँपालिकाले तथ्यांक संकलन गरी अति विपन्न तथा गरीव स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल उपलव्ध गराएको छ ।
त्यस्तै २ केजी दाल , १ लिटर तेल र १ केजी नुन चामलसँगै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिनुभयो । शनिबार देखि राहत वितरणको काम सुरु भएको छ ।


प्रतिघरमा १ वटा दरले सावुन वितरण गरीसकेको छ , अधिकृत शर्माले भन्नुभयो , “ अव हामी प्रत्येक घरधुरीमा थप १ वटा सावुन वितरण गदै छौँ , कसैलाई पनि नछुटाएर प्रतिघरमा दुई सावन उपलव्ध गराउछौँ।” २ हजार ५०० घरधुरी रहेको शिवालय गाउँपालिकामा १८ हजार जनसंख्य रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा २ हजार ५०० सावुन वितरण भईसकेको छ उहाँले भन्नुभयो , “थप सावुन लिएर आईतबार वेलुकी सम्म गाउँपालिकामा पुग्दै छु , ५ हजार मास्क वितरण भइसकेको र थप २ हजार अरिद भईसकेको अवस्था छ । ”
राहत सामग्री पाएसँगै गरीव तथा बिपन्न समुदायका सर्वसाधारणहरु खुसी भएका छन् । कोरोना भाईसर ‘कोभिड–१९) कारण सरकारले गरेको ‘ लक डाउन’को पालन गदै वसेको गरीव तथा बिपन्न परिवारका सर्वसाधारणहरु राहत पाएसँगै सरकारको अनुभूति भएको बताएका छन् ।


विहान , वेलकी छाक टार्न अर्काको काम गर्न बाध्य शिवालय गाउँपालिका –५ का हस्त बुढाले घरमा आवश्यक खाद्यान्न पाएपछि खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो , “ घर देखि बाहिर निस्किन नपाउने अवस्था थियो , घरमा अन्नको गेडा थिएन , गाउँपालिकाका अध्यक्ष शाही ज्यू आएर चामल दिएर जानुभयो जे होस खानेकुराको जोहो भयो । ”

अध्यक्ष र वडा अध्यक्ष तथा कर्मचारीहरु अहिले घर ,घरमा गएर तथ्यांक संलकन गर्दा भरिएका नामका व्यक्ति खोज्दै आवश्यक राहत दिन थालेका छन् । आईतबार दिउँसो सम्म सवै राहत वितरण भईसक्ने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यसरी राहत वितरण गर्ने शिवालय गाउँपालिका पहिलो हो ।

गाउँपालिकाले जनचेतना फैलाउन रेडियो मार्फत सार्वजानिक सन्देश प्रशारण गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी , प्रहरी र कर्मचारीको सहयोगमा गाउँ , गाउँमा माईकिङ समेत जारी राखेको छ । सडक सञ्जालले सवै गाउँपालिका भरी छोएका कारण राहत वितरणमा सजिलो भएको छ ।

गाउँपालिका भित्र आउने मुख्य नाँका वडा १ स्थित छेडाचौरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी जाँचलाई कडाई गरिएको छ ।
औषधी आपुर्ती काम सुरु
गाउँपालिका भित्र औषधीको कमी हुन नदिन औषधी ढुवानीको काम सुरु भएको छ । सवै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री , अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

अहिलेको समय भनेको जसले जहाँ बाट सक्छ त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उहाँले जिम्मेवारीबाट पन्छिने काम कसैबाट नहोस भन्नुभयो । संघीय , प्रदेश सरकारले सोचे जती सहयोग नगरेको गुनासो गदै अध्यक्ष शाहीले भन्नुभयो , “ स्रोत र सामग्री विना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ ? यो विषयमा गम्भिर बन्नु पदैन , दुई सेट पीपीई पठाएर हुन्छ उहाँले प्रश्न गर्नुभयो ।
महिना दिन नपुग्ने खाद्यान्न
नयाँ बाली नपाकेको र पुरानो रितिएको अवस्थामा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको छ ।

कोरोना भाईरस (कोभिड –१९) मा ‘लक डाउन’ कारण खाद्यान्न ढुवानीमा समस्य देखिएपछि बजारमा खाद्यान्न अभाव हुँदै गर्दा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड महिना नपुग्ने चामल रहेको शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बारेकोट गाउँपालिकाको घाटमा १३० क्वीटल , नलगाड नगरपालिकाको चौखामा १ हजार २७१ , घोगी ३३३ क्वीन्टल , दशेरामा ५० क्वीटल , सदरमुकाममा १ हजार ९२१ क्वीटल चामल मौजदात चामल रहेको छ ।

जुनिचाँदे गाउँपालिका– ११ ताँगामा एक गोडा चामल छैन । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिले सम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्म भएको ३ हजार ६३५ क्वीन्टल चामल मात्र मौजदात रहेको छ ।

सावन महिनामा जिल्लाबाट निर्णय गरेर पठाएको खाद्य डिपोको प्रस्ताव केन्द्रले अहिले सम्म स्वीकृत गर्न सकेको छैन । घरंगा , टापुचौर , रजुतरा , काउली , काँडा र पोखरामा डिपोहरु स्वीकृत नभएको हो ।

जिल्लाकोे सवै ठाउँमा पायक पर्ने नभएकाले सो माग पुर्ती गरी सवैको पहुँचमा खाद्यान्न आपुर्ती गर्नका लागि नयाँ ठाउँको प्रस्ताव गरिएको थियो । त्यस्तै छिमेकी जिल्ला डोल्पामा प्रयाप्त चामल रहेको जनाएको छ । जुफालमा २२ सय , दुनैमा ३ हजार १४ , काईगाउँमा ६०० , सर्मीमा १०० क्वीन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ ।
उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ डिपोको लागि प्रस्थाप पठाएपनि अहिले सम्म प्रस्ताव स्कृती गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा १ गेडा चामल नभएको बताएको छ ।





error: Content is protected !!