महिना दिन नपुग्ने खाद्यान्न

नन्दा शाही
जाजरकोट ः नयाँ बाली नपाकेको र पुरानो रितिएको अवस्थामा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको छ ।

कोरोना भाईरस (कोभिड –१९) मा ‘लक डाउन’ कारण खाद्यान्न ढुवानीमा समस्य देखिएपछि बजारमा खाद्यान्न अभाव हुँदै गर्दा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड महिना नपुग्ने चामल रहेको शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बारेकोट गाउँपालिकाको घाटमा १३० क्वीटल , नलगाड नगरपालिकाको चौखामा १ हजार २७१ , घोगी ३३३ क्वीन्टल , दशेरामा ५० क्वीटल , सदरमुकाममा १ हजार ९२१ क्वीटल चामल मौजदात चामल रहेको छ ।

जुनिचाँदे गाउँपालिका– ११ ताँगामा एक गोडा चामल छैन । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिले सम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्म भएको ३ हजार ६३५ क्वीन्टल चामल मात्र मौजदात रहेको छ । सावन महिनामा जिल्लाबाट निर्णय गरेर पठाएको खाद्य डिपोको प्रस्ताव केन्द्रले अहिले सम्म स्वीकृत गर्न सकेको छैन । घरंगा , टापुचौर , रजुतरा , काउली , काँडा र पोखरामा डिपोहरु स्वीकृत नभएको हो ।

जिल्लाकोे सवै ठाउँमा पायक पर्ने नभएकाले सो माग पुर्ती गरी सवैको पहुँचमा खाद्यान्न आपुर्ती गर्नका लागि नयाँ ठाउँको प्रस्ताव गरिएको थियो । त्यस्तै छिमेकी जिल्ला डोल्पामा प्रयाप्त चामल रहेको जनाएको छ । जुफालमा २२ सय , दुनैमा ३ हजार १४ , काईगाउँमा ६०० , सर्मीमा १०० क्वीन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ ।
उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ डिपोको लागि प्रस्थाप पठाएपनि अहिले सम्म प्रस्ताव स्कृती गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा १ गेडा चामल नभएको बताएको छ ।





error: Content is protected !!