आमा समुहले वितरण गर्र्यो सावुन , मास्क

हरीबहादुर शाही
जाजरकोट २२ चैत ः बारेकोट गाउँपालिका– ४ स्थित जिरी फेदी झरणा आमा समुहले व्यक्तिगत रकम पठाएर सर्वसाधारणलाई १०० वटा सावुन र १२०वटा मास्क वितरण गरेको छ ।

गाउँ , गाउँमा जनचेतनामुलक कार्यक्रम गदै सावुन र मास्क वितरण गरिएको समुहकी अध्यक्ष विष्णुदेवी सिंहले जानकारी दिनुभयो । गाउँमा नयाँ तथा विदेशबाट आएका व्यक्तिलाई समेत निगरानी गरिएको उहाँको भनाई छ ।





error: Content is protected !!