डोल्पाका १३२ जना क्वारेन्टाईन

नन्दा शाही
डोल्पा ः बिभिन्न कामले जिल्ला बाहिर रहेर कोरोना भाईरसका कारण ‘लक डाउन ’को समयमा फकिएका १३२ जनालाई डोल्पामा क्वाईनटाईनमा राखिएको छ ।

ठुलिभेरी नगरपालिका , त्रिपुरासुन्दरी नगरपालका र वुद्ध डोल्पो गाउँपालिकामा १३२ जनालाई क्वाईन्टाईन राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । ‘लक डाउन ’ पछि सवै भन्दा बढी ठुलिभेरी नगरपालिकामा मात्र ७५ जनालाई क्वारेन्टाईनमा राखिएको ठुलिभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले जानकारी दिनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका २ जना लाई होम क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी ठुलिभेरी नगरपालिका अन्तर्गत वडा नं ३ स्थित सरस्वती माध्यामिक बिद्यालय दुनैमा बनाइएको क्वारेन्टाइनमा ३३ जना लाई राखिएको छ । सोही नगरपालिका वडा नं ५ माझफाल स्थित स्वास्थ चौकीमा बनाइएको क्वारेन्टाइनमा १६ जना राखिएको छ । नगरपालिकाकै वडा नं ८ मा पर्ने गौरी आधारभुत बिद्यालय डाँगीवाडामा बनाइएको क्वारेन्टाइनमा १० जना राखिएको छ ।

ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने आदर्श माध्यामिक बिद्यालय जुफालमा बनाइएको क्वारेन्टाइनमा १६ जना राखिएको छ । तीन ठाउँमा (जुफाल , मोतीपुर , कालिका मन्दिर) स्वाथ्य सहायता कक्ष स्थापना गरिएको छ ।

नगरप्रमुख गणेसबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाही समेत काठमाडौँमा रहेका कारण व्यवस्थापनमा समस्य देखिएको छ । त्यस्तै उपप्रमुख शाही लामो समय देखि बाहिर हुँदा बजार अनुगमण समेत हुँन सकेको छैन ।

डोल्पोवुद्ध गाउँपालिका – २ मा ५५ जनालाई कृष्टेल माण्टेनमा क्वाईनटाईन बनाएर राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । १३ जनालाई पठाएको भएपनि क्वाईनटाईनमा राखिएका वा नराखिएका जानकारी नआएको उहाँले जानकारी दिनुभयो । मुड्केचुला गाउपालिका –१ कालिकाको भोटाऔलमा क्वारेनटाईन निमार्ण गरीएको छ ।

रुकुमको त्रिवेणी बजार देखि मुड्केचुला गाउँपालिका प्रवेशद्वार भोटाऔलम सामुदायिक स्वस्थ्य भवनमा क्वारेनटाईनको व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । भोटाऔल बस्तीहुदै मुड्केचुला,जगदुल्ला,जुम्ला लगायतका ठाउँहरुबाट आवतजावत गर्ने मुख्य नाका भएकोले यस ठाउँमा बनाएको छ ।

जगदुल्ला गाउँपालिकाले ३ ठाउँमा ११ सैयाको आईसोलेशन वार्ड स्थापना गरेको छ । ६ वडा रहेको उक्त गाउँपालिकामा जुम्ला र डोल्पाको सिमानाकामा पर्ने चौरीकोट स्वास्थ्य चौकी चौरीकोट,रिमि स्वस्थ्य चौकी झ्याकोट र काईगाउ स्वास्थ्य चौकी काईगाउमा सबै जनताको पायक पर्ने ठाउँ हेरेर ३ ठाउँमा गरी ११ शैयाको आईसोलेसन वार्ड स्थापना गरिएको गाउँपालिका अध्यक्ष नारासिँ रोकायले जानकारी दिनुभयो । आईसोलेशन तयार छ , औषधी छैन रोकायले भन्नुभयो ।

६ सय ३९ परिवार सँगै
डोल्पामा ‘लक डाउन’ भएको समय देखि अहिले सम्म आएका सवैलाई क्वारेन्टाईनमा नराखिएको पाईएको छ । ६ सय ३९ जना सर्वसाधारण भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा भित्रिएका मध्ये १३२ जना मात्र क्वाईरेन्टाईनमा राखिएको छ । बाँकी परिवारका सदस्यहरुसँग मिलेर बसेको पाईएको छ । मुड्केचुला, जगदुल्ला, काइके, शे–फोक्सुण्डो , छार्का ताङसोङ् गाउँपालिकाले एक जनालाई पनि क्वारेन्टाइनमा राखिएको छैन् । डोल्पा भरी बिभिन्न नाँका क्षेत्र देखि पालिकाको मुकाम सम्म १० ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालयमा छैन, औषधी
डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा औषधी अभाव भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । ओषधी ल्याउने प्रयास भईरहेको उहाँको भनाई छ । अन्य स्वास्थ्यकर्मीलाई उपलव्ध गराउनु पर्ने पीपीई , ल्यापमा चाहिने किटहरु समेत नहुँदा समस्य भएको हो । स्थानीय तहहरुले औषधी खरिद गर्ने तयारी रहेको बताउका छन् ।

स्वास्थ्यकर्मीहरुले आफैले निर्माण गरेका पीपीईका सामग्रीद्धारा काम भईरहेको छ ।





error: Content is protected !!