सिंहमाथी भएको आक्रमणको बिरोध , तत्काल कारवाही गर्न माग

छेडागाड नगरपालिका – ११ का वडा अध्यक्ष चक्रबहादुर सिंह माथि गएराती आक्रमण प्रति नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले घोर भत्सना गर्नुभएको छ । उहाँले कोरोना विरुद्धकोअ अभियान  रहेका अध्यक्ष सिंह माथी आक्रमण गर्ने अपराधी हुँन भन्दै दोषी माथी तुरुन्तै कारवाही र घाईतेको तत्काल उपचार गर्न समेत माग गर्नुभएको छ । त्यस्तै  सिंह माथी भएको आक्रमणको नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) जाजरकोट सह ईन्चार्ज निरज आचार्यले कडा शव्दमा भत्र्सना गर्नुभएको छ । उहाँले दोषी माथी कडा कारवाही र घाईतेका तुरुन्तै उपचार गर्न समेत माग गर्नुभएको छ ।

विज्ञप्तिको पुर्ण पाठ सहित खेदजनक घटना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला कमिटीका सचिवालय सदस्य एवं छेडागाड नगरपालिका वडा ११ का वडा अध्यक्ष कमरेड चक्र बहादुर सिंहलाई कुनै अपराधीक समुहले वडानं ११ को फुम्ना मा हिजो वेलुका ७ वजे तिर अमानविय रुपमा कुट्पिट गरि शख्त घाईते तुल्यायको छ र अचेत अवश्थामा सिंहलाई भिरवाट खसालीएको छ । उहालाई भेट्नु छ भनी फोन गरि वोलाएर कुटिएको कुरा प्रारमभिक जानकारि आएको छ । उहाँ लाई उपचारकालागी काठमाडौ वा नेपालगंज लाने तयारी हुँदै छ ।
उक्त अपराधीक घटना प्रति घोर निन्दा र भत्सना गर्दछु । अपराधी हरुलाई अबिलम्भ ग्रिफतार गर्न र कडा भन्दा कडा सजाय गर्न स्थानिय प्रशासन संग जोडदार माग गर्दछु ।घाईतेको उपचारको को प्रबन्धमिलाउन स्थानियसरकार र स्थानिय पार्टी कमिटिका कमरेड हरुलाई अनुरोध गर्दछु ।
निरज आचार्य ( केस नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा)




सम्बन्धित समाचार


error: Content is protected !!