कारोना विरुद्धको अभियानमा जुटेका वडा अध्यक्ष सिंहलाई आक्रमण

जाजरकोट , छेडागाड नगरपालिका – ११ का वडा अध्यक्ष चक्रबहादुर सिंह माथि गएराती आक्रमण भएको छ  ।

नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारी अनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउाँ , गाउँमा प्रचार गदै हिडेको समयमा  हिजो बेलुकी  झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समुहले  वडा कार्यालय तिर जाउ भनी लिएको थियो ।

गएराती नै सिंहलाई  दुई खुट्टा भाँचेर पाखो जमिनमा छाडेर हिडेको अवस्था भेटिएको छ । अहिले घटना स्थलमा प्रहरी जाँदै गरेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।





error: Content is protected !!