३४ जना मजदुरको गुल्मीबाट उद्धार

जाजरकोट ,  कोरोना भाईरसको जोखिम बढेपछि सरकारले लक डाउन गर्दा गुल्मीमा सडकको काम गर्दा गदै अलपत्र परेका ३४ जना मजदुरको उद्धार गरिएको छ ।
जाजरकोट र रुकुम पश्चिममा ३४ जना मजदुरको उद्धार गरिएको हो । शनिबार ३४ जना मजदुरहरु घर पुगेको रुकुम पश्चिम सानीभेरी नगरपालिकाका शेरबहादुर परियारले जानकारी दिनुभयो ।
परियारले भन्नुभयो , “ काम गर्दा , गदै कारोनाको त्रासले लक डाउन हुँदा समस्यमा परेको थियौँ , पुर्व गृहमन्त्री जनार्दन शर्मा र जाजकोटका प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहलाई फोन गरेपछि उहाँहरुले हामीलाई जिल्ला सम्म आउने व्यवस्था मिलाउनुभयो , शनिबार घर पुगियो । ”
जाजरकोट भेरी नगरपालिका र नलगाड नगरपालिकाका ३० जना र रुकुम पश्चिम सानीभेरी नगरपालिकाका ४ जना गरी ३४ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका सवैलाई स्थानीय सरकारको पहलमा सेल्फ क्वारेन्टाईनमा राखिने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।





error: Content is protected !!