जुम्लामा भारतबाट आएका २५ जना क्वारेन्टाईनमा राखियो

नेत्र शाही
जुम्ला ः जुम्लामा भारतवाट आएका २५ जना क्वारेन्टाईनमा राखिएको छ । यहाँको हिमा गाउँपालिकाले २४ जना र कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखिएको छ ।

यहाँको हिमा गाउँपालिकामा २४ जनालाई क्वारेन्टाईमा राखिएको छ । हिमा गाउँपालिकाको राहदेव माध्यामिक विद्यालय मोफ्लामा १९ जना र भानु माध्यामिक विद्यालयमा ५ जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो ।

यसैगरी दुई जनालाई सदरमुकाम स्थित कर्णाली प्राविधिक शिक्षालयमा तयार गरिएको क्वारेन्टाईनमा राखिएको छ । भारतबाट आएका ३२ बर्षिय १ जना र अर्का जुम्लाकै ११ बर्षिय बालकलाई ज्वरो आएर अस्पताल ल्याईए पछि क्वारेन्टाईनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जानकारी गरेको छ । प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीका अनुसार बालका वुवा भारतवाट आएको र बच्चालाई ज्वरो आएको भेटिएपछि क्वारेन्टाईनमा राखिएको हो ।

कर्णाली शिक्षालयमा क्वारेन्टाईजनमा राखिएका जुम्ला सिञ्जा गाउँपालिकाका ३२ बर्षका यूवा उनि भारतको जम्बु कश्मिरबाट ११ दिन अघि घरमा आएका थिए । घरमा ज्वरो र खोकी लागेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलाले कर्णाली प्राविधिक शिक्षालयले वनाएको क्वारेन्टाईनमा पठाएको जानकारी गरिएको छ ।

प्रतिष्ठानले पत्रकार सम्मेलन बाट गरिएको जानकारी अनुसार भारतबाट आएका ति यूवाको अस्पतालमा पनि ७ दिन देखी ज्वरो र ३ दिन देखी खोकी लागेकाले लक्षण पत्ता लागेकोले उनलाई क्वारेन्टाईनमा राखिएको प्रतिष्ठानका निर्देशक डा मंगल रावलले जानकारी दिनुभयो । क्वारेन्टाईन क्षेत्रमा स्वास्थ्यकर्मी समेत खर्टाइएको उहाँले जानकारी दिनुभयो । यसैगरी स्थानीय प्रशासनले शशस्त्र प्रहरीको एक सुरक्षा टिम समेत कर्णाली प्राविधक शिक्षालयको क्वारेन्टाईइन क्षेत्रमा खटाएको छ । कर्णाली प्राविधिक शिक्षालयले चन्दननाथ नगरपालिकाको सहयोगमा २४ वेड क्वारेन्टाईनका लागि तयार भएको छ ।
ईन्फ्रारेट थर्मोमिटर छैन कसरी जाचौ ः
यसैगरी हिमा गाउँपालिकाले ७ वटै वडामा क्वारेन्टाईन क्षेत्र तयार गरेको छ । तथापी उनिहरुलाई जाँच गर्ने थर्मोस्क्यान ९ईन्फ्रारेट थर्मोमिटर ० कतै पनि नपाईएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । भारतबाट धमाधम मानिसहरु आईरहेका छन् तर आधुनिक थर्मामिटर नहुदा समस्या भएको अध्यक्ष शाहीले थप्नुभयो । अहिले सामान्य
यता स्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले ९ईन्फ्रारेट थर्मोमिटर ० को अभाव भएकाले माग गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा जम्मा दुईवटा आएकोमा एक नाग्म र अर्को मणिसाँघु हेल्थ डेक्सलाई उपलब्ध गराईएकोछ ।

यसैगरी राहदेव मावि मोफ्लामा स्थानीय स्वास्थ्यकर्मी खटाईएका छन् । यसैगरी सुरक्षाकर्मी समेत खटाईएको बड्की प्रहरीचौकीमा ईन्चार्ज सई निरीक्षक दिलेन्द्रराज पन्तले जानकारी दिनुभयो । गाउँमा धेरै मानिसहरु आईरहेका छन् तर क्वारेन्टाईनमा बस्न अटेरी गरेका उहाँले गुनासो गर्नुभयो ।
जुम्लामा प्रतिष्ठानले माग्यो कोरोना निदान केन्द्र ः
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा कोरोना निदान केन्द्रको माग समेत गरेको छ । प्रतिष्ठानले यद्यपी क्वारेन्टाइनमा रहेका व्यक्तिलाई समस्या भएपछि परिक्षण गर्ने स्थान नभएकोले यही केन्द्र हुदा राम्रो हुने भन्दै पत्रकार सम्मेलनमै जानकारी गरेकोछ । अस्पताल निर्देशक डा रावलले कोरोना निधान सेन्टर सरकारलाई माग गरिएको छ । सरकारले टेकु अस्पताल, विर, पाटन, धरान र नेपालगंज गर्ने निर्णय गरेको र अव प्रतिष्ठानमा पनि आवश्यकता रहेको उहाँले थप्नुभयो ।
प्रतिष्ठानमा हटलाईन र आईसुलेसन वेड ः
यसैगरी प्रतिष्ठानले हाल सम्म कोरोना संक्रमणमा गरिएका तयारीको वारेमा जानकारी गरेको छ । प्रतिष्ठानले कसैलाई पनि कोरोनाको समस्या भएमा निशुल्क हटलाईन सेवा १६६०७८५२५५५ शुरु, १० वेडको आईसियू, १२० वेडको आईसुलेसन रुम तयार सहित विभिन्न जिल्लामा टोली खटाईएको जानकारी गरिएको छ । यसैगरी प्रतिष्ठानले ज्वरो मापन केन्द्र समेत राखेको छ ।
प्रतिष्ठानमा कोरोना निदान केन्द्र हुन आवश्यक देखिएको जिल्ला समन्वय समिति लालबहादुर सार्कीले बताउनुभयो । उहाँले शिक्षालयमा तयार गरिएको क्वारेन्टाईन अवलोकन गर्दै व्यवस्थापन थप मजवुद्ध गर्न आवश्यक रहेको बताउनुभयो ।





error: Content is protected !!