स्वास्थ्यकर्मी बनाए ब्यक्तिगत सुरक्षा उपकरण

टेकबहादुर शाही
डोल्पा ः स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्यकर्मीले ब्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन । बिरामीलाइ उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) निर्माण गरेका हुन ।

कोरोना भाइरस (कोभिट– १९)ले देश लकडाउन भएको र स्वास्थ्य बिभागले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) समयमा उपलब्ध नगराए पछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्ट्रिकबाट आफै निर्माण गरेर प्रयोगमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाक्टरहरुले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बनाएर नमुना जिल्ला प्रशासनमा पठाएको र अब बजारबाट प्लाष्ट्रिक किनेर नेपाल आर्मीले सिलाउने बताउनुभयो ।

पहिलो पटक डाक्टरले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पाँच थान निर्माण गरेर प्रयोग गरेका छन् तर कति प्रभाबकारी भन्नेबारे भने भन्न नसकिने स्वास्थ्य सेवा कार्यालयका डाक्टर सिजन रावलले जानकारी दिनुभयो ।

रावलले भन्नुभयो , “ आपतकालिन बेलामा यति सम्म भएपनि सुरक्षित हुनेछन नहुनु भन्दा थोरै भएपनि सुरक्षाको अनुभुति हुनेछ माथिबाट सरकारले उपलब्ध गराउने बेला सम्म यिनै उपकरण प्रयोग गर्ने तयारीमा छौ ।”

बिरामीको चाप बढदो छ , औषधी केही मात्रै छ ,जनशक्तिको अभाब रहेको छ डाक्टर छन् तर स्टाफर्नसको कमी रहेको छ डाक्टर सिजन रावलले दुखेसो पोख्नुभयो । उहाँले थ्पनुभयो , “ हामीसँग जनशक्ति थोरै छ उपकरणहरु पनि छैनन बिद्युतको समस्या छ निकै दुखदायी अबस्थामा काम गरि रहेका छौ ।”

ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) कम्तीमा पनि १५ देखी २० थान सम्म निर्माण गरेर अस्पताल,आइसोलेशन कक्ष र क्वारेन्टाईनमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाइ प्रयोग गर्न लगाइ उपचारमा खटाईने डाक्टर सिजन रावलले बताउनुभयो ।

यति बेला जिल्ला अस्पतालमा ग्लोब्स,माक्स,बुट लगायतका सामग्रीहरुको भने मौजात निकै कम छ जोखिममा स्वास्थ्यकर्मीले काम गरि रहेका छन ।





error: Content is protected !!