कार्यालय बन्द गरी कर्मचारी गायव

डोल्पा ,  मुड्केचुला गाउँपालिकाका कर्मचारीहरु कार्यालय बन्द गरी घर तीर लागेको समाचार प्राप्त भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटा , लेखापाल विष्णु शाही , सुव्वा धर्मराज शाही , मनकृष्ण जैसी लगायतको कर्मचारीको टोली गाउँपालिकाको कार्यालय बन्द गरी हिडेको पाईएको हो । गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार घर नजान आग्रह गर्दा गदै पनि अटेर गरी भागेर घर गएको जानकारी आएको छ ।

कार्यालयले औषधी , क्वारेन्टाइन निर्माण लगायतका काम गर्नुपर्ने भएपनि घर नजान आग्रह गर्दा , गदै उहाँहरु अटेर गरी घर गएको थाहा पाए अध्यक्ष शाहीले भन्नुभयो । यो महाविपतीको समयमा यसरी भागेर घर जानेलाई के भन्न सकिन्छ ?





error: Content is protected !!