सर्वसाधारण बाटोमा अलपत्र परेको भन्दै पुर्वमन्त्री पहाडीद्धारा उद्धार माग माग


जाजकोट ः कर्णाली प्रदेशका बिभिन्न जिल्लामा जाने सर्वसाधारणहरु बाटोमा अलपत्र परेको भन्दै पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले ध्यानआक्रषण भएको बताउनुभएको छ । आफुलाई ठाउँ , ठाउँबाट फोन आईरहेको भन्दै उहाँले तत्काल अलपत्र परेका सर्वसाधारणलाई उद्धार गरी सम्वन्धित ठाउँमा ठाउँमा पुर्याउन माग समेग गर्नुभएको छ । उहाँले विद्यार्थीहरु , अन्य आन्तरिक यात्रामा रहेका सर्वसाधारणहरु अलपत्र परेको भन्दै उहाँले उद्धार गर्न माग गर्नुभएको हो । पुर्व सूचना बिना गरिएको लकडाउनले समस्य परेको भन्दै सो समस्य हल गर्न उहाँले माग गर्नुभएको छ ।
विज्ञप्तिको पुर्ण पाठ ।
लकडाउन को पहिलो दिन तनावग्रस्त रहयो ! किनकि काठमाडौँ बाट कर्णालीका बिभिन्न जिल्लामा जाने बिद्यार्थी र मजदुरहरु आधा बाटोमा अलपत्र परेका छन । केहि नेपालगञ्ज का होटेलहरुमा त केहि गाडीबाट झार्दा आधा बाटोमै छन ।
निरन्तर फÞोन आईरहेको छ । अब भोलीबाट अलि सहज होला कि भन्ने आशा छ । समस्या समाधान का लागि सम्बन्धित सबै निकायमा ध्यानाकर्षण गरीएको छ । कुनै पनि दिन सबैका सुरक्षा का खातिर लकडाउन गर्नु पर्ने आवश्यकता पनि हो ।
तहि पनि अग्रीम सूचना भए र डेरामा बस्ने मजदुर र बिद्यार्थीका लागि केहि गासवासको ब्यवस्था गर्न सके यो समस्या आउने थिएन । बाटोमा अलपत्र परेकाकाहरुको लागि सहयोग गरी दिन हुन तत तत ठाउँका सबै मा हार्दिक अनुरोध गर्दै , सङ्घीय सरकार , प्रदेश सरकार र स्थानीय सरकार सामाजिक संघसंस्था नागरिक अगुवा सबै मा पनि सहयोग का लागि सोहि अनुरोध गर्दछु ।
संकटको बेला सुझबुझ , एकता , सदभाव एवं सहयोग मा बिपत्ती को सामना गर्न सफल हुने हामी नेपालीहरुको ईतिहाँस र पहिचान हो । तसर्थ यो कोरोना ले निम्त्यायको स्वास्थ संकटलाई पनि उच्च मनोवल र सतर्कताका साथ सफल सामना गर्ने छौं ।
यहि संकल्प र आत्मविश्वासका साथ हामी सबै लागौं नआत्तीऔं !! जो जहाँ छौं त्यहि रहौं !! स्वास्थ्य सम्वन्धि सबै नियम पालना गरौं ।
सत्य पहाडी
कर्णाली सम्पर्क समिती ईञ्चार्ज ( नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)
प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री
२०७६÷१२÷११








