कोरोना विरुद्ध प्रहरीले गाउँ , गाउँमा माईकिङ

हेमन्त केसी
जाजरकोट ः “जरुरी काम बाहेक अन्य समयमा बाहिर ननिसक्नु , पसलमा सामग्री किन्दा अतिआवश्यक बाहेक अन्य समयमा पसल नखोल्नु , समय ,समयमा सावुन पानीले सफा गर्नु ” यि माथीका बाक्य जाजरकोट प्रहरीले अहिले गाउँ , गाउँमा पुगेर माईकिङ गदै भन्ने गरेको बाक्य हो ।

जाजरकोटमा कोरोना भाईरस ( कोभिड – १९) विरुद्ध जोगिन र जोगाउन जिल्ला प्रशासन कार्यालयको आवह्वानमा प्रहरीले अहिले माईकिङ गदै गाउँ , गाउँमा जनचेतना फैलाउदै काम गरिरहेको छ । आज सरोकारवाला निकायको जिल्ला प्रशासन कार्यालयमा भएको वैठकले सवैलाई जोगाउनका लागि कडा रुपमा प्रस्तुत हुँन समेत निर्देशन दिएको छ । यातायातका सवारीसाधन समेत बन्द गर्न निर्देशन दिईएको छ । प्रशासन कार्यालयको अनुरोधमा उद्योग बाणिज्य संघले चैत १२ देखि २१ सम्मा व्यापार , व्यवसाय बन्द गर्न सवै व्यापारीलाई एक विज्ञप्ति निकालेर अनुरोध गरेको छ ।

त्यस्तै संघले कुनै पनि सामग्रीको कृतिम अभाव नगर्न व्यापारीलाई आग्रह समेत गरेको छ । अतिआवश्यक सामग्रीहरु ढुवानी गर्न दिईएको छ भने अन्य ढुवानीका काम रोकिएको छ । जथाभावी बाहिर निस्किएर समुहमा बस्न तथा भेला हुँन प्रतिवन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार बाँच्न बचाउनका लागि कुनै पनि कसुर बाँकी राखिने छैन । कर्णाली प्रदेशको जाजरकोट सवै भन्दा बढी स्थानीयवासीहरु भारत कमाईका लागि जाने ठाउँ हो ।

त्यसैले पनि यहाँ सुरक्षा व्यवस्था कडा पारिनुका साथै सहायता कक्षमा प्रहरी समेत परिचालन गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा भ्रमित पार्नेलाई कानुन अनुसार कारवाही गरिने समेत जनाएको छ । नेपाल पत्रकार महासंघ , जाजरकोट शाखाको समन्वयमा सो कार्यलाई कडाईका साथ लिने निर्णय भएको छ । एक पालिकाबाट , अर्को पालिकामा आउन समेत रोक लगाएको छ ।





error: Content is protected !!