उद्योग बाणिज्य संघद्धारा १ हजार मास्क भेरी नपालाई

जाजरकोट , १० चैत (रासस)ः उद्योग बाणिज्य संघ , जाजरकोटले १ हजार थान मास्क भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।


सहायता कक्ष रहेको भेरी नगरपालिका ४ वसपार्कमा गही संघका अध्यक्ष कर्णबहादुर खत्री लगाएतका पदाधिकारीले नगरप्रमुख चन्द्रप्रकास घर्तीलाई मास्क हस्तान्तरण गनुभएको हो ।


कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बचाउनका लागि मास्क वितरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । निजि क्षेत्रबाट मास्क वितरण गर्ने उद्योग बाणिज्य संघ पहिलो रहेको छ ।
त्यस्तै कोराना विरुद्ध एकजुट हुँनका लागि जिल्ला प्रशासन कार्यालय , जाजरकोटमा समन्वयात्मक वैठक सम्पन्न भएको छ । जिल्लाका सात वटा स्थानीय तहमा कोरोना विरुद्धको अभियान कसरी सफल बनाउका सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
नगरप्रमुखद्धारा वसमा यात्रुलाई मास्क वितरण


भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले भेरी नगरपालिका – ४ स्थित वसपार्कमा गएर यात्रुहरुलाई मास्क वितरण गर्नुभएको छ ।
कोरोना भाईरसबाट जोगिनका लागि सवैले पवित्रा मनका साथ लाग्नुपर्ने भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो , “ हामी जोगिन र जोगाउनका लागि सचेत मात्र भएर हुँदैन , परिवारका सवै सदस्यलाई समेत व्यवहारमुखी सचेत बनाउनु पर्दछ । ७ वटा स्थानीय तहले सहायता कक्ष स्थापना गरी जाँच गदै निश्चित गन्तव्यमा पठाउन सुरु गरिएको छ ।

 

 

 





error: Content is protected !!